केपी ओलीका २ मन्त्री राजीनामा दिएर प्रचण्डतिर फर्किन लागेको खुलासा

केपी ओलीका २ मन्त्री राजीनामा दिएर प्रचण्डतिर फर्किन लागेको खुलासा

  • माघ २८, २०७७ बुधवार
  • १७:३०:०४ बजे
  • 2.5K
    SHARES
  • केपी ओलीका २ मन्त्री राजीनामा दिएर प्रचण्डतिर फर्किन लागेको खुलासा


    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका २ जना मन्त्री आफूतिर फर्किन लागेको खुलासा गरेका छन् ।

    बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड–नेपाल पक्षको विरोध सभामा बोल्दै प्रचण्डले आफ्नो पक्षमा ठूलो संख्यामा नेता कार्यकर्ता फर्कने क्रम बढ्ने बताएका छन् । ‘हामी कहाँ फर्कनेको लामो लिस्ट छ,’ उनले भने, ‘उहाँले नै बनाएका २ जना मन्त्री फर्कन मसँग वार्ता गरिरहेका छन् ।’

    प्रधानमन्त्री ओलीसँग गृहमन्त्री रामबहादुर थापा ‘बादल’ असन्तुष्ट भइरहेको विषय बाहिर आइरहँदा अध्यक्ष प्रचण्डको पछिल्लो भनाइ सार्वजनिक भएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि ओलीसँग असन्तुष्ट रहेको बुझिएको छ । दुबै जना विगतमा प्रचण्ड समूहका रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # मन्त्री

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार