बागलुङ : गण्डकी प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शनिवार स्वागत तथा सम्मान गरेको छ ।
मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका मन्त्री बुढालाई साविक धौलागिरीको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाले स्वागत तथा सम्मान गरेको हो । आदर्श सञ्चार सहकारीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त भूमि व्यवस्था, कृषि सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरले सहकरी क्षेत्रका कानूनी समस्या समाधानका लागि आफूले पहल गर्ने बताए ।
उनले संघीय सरकारको सहकारी नीतिले गण्डकी प्रदेशका सहकारीलाई कामगर्न केहीअसहजभएको भन्ने आफूले महशुस गरेको बताए ।
सहकारीको क्षेत्रमा अग्रहणी रुपमा काम गर्दै आएको आदर्श सञ्चार सहकारीले सूचना तथा सञ्चार लगायत वित्तीय र सामाजिक क्षेत्रमा गरेका कामका बारेमा आफु जानकार रहेको भन्दै मन्त्री बुढाले सहकारी क्षेत्रसंग सहकार्य गरेर थप योगदान पुग्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सस्थाकाअध्यक्षहुमाकुमारी जिसीअन्जुले मन्त्री बुढालाई दोसल्ला र प्रशंसा पत्रद्वारा स्वागत तथा सम्मान गरेका थिए ।
कार्यक्रममा सहकारी अभियानको सबलीकरणका लागि गर्नुपर्ने काम तथा आदर्शसञ्चार सहकारी संस्थाका बारेमा संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी गराए । आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।