बरेङमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

बरेङमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

  • श्रावण १०, २०७८ आइतवार
  • १५:१०:२१ बजे
  • 4.4K
    SHARES
  • बरेङमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

    बागलुङ : जिल्लाको बरेङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्न आईपुगेका जितबहादुर रानालाई स्वागत गरिएको छ ।

    गाउँपालिकाको कार्यसम्पादन र विकासका लागि महत्वपूर्ण जिम्मेवारी निर्वाहर गरेका रमेश थापाको सरुवा भएपछि प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्न आईपुगेको रानाको स्वागतसंगै पदभार ग्रहण गराईएको हो । बरेङ गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनको अध्यक्षतामा परिचयात्मक कार्यक्रम सहित स्वागत गरिएको हो ।

    कार्यक्रममा बरेङ गाउँपालिका—१ का वडाध्यक्ष नरसेङ पुन, वडा नम्बर २ का अध्यक्ष गुप्तप्रसाद काला, गाउँपालिकाका कर्मचारीले रानालाई स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले निजामती कर्मचारीको रुपमा रही बरेङ गाउँपालिकामा सेवा प्रदान गर्नमा कर्मचारीहरुको टिम क्याप्टेनको रुपमा आफु रहे पनि गाउँपालिकाको हरेक विकास निर्माण लगायत नीति निर्माणको कार्यमा सफलता हाँसिल गर्न सम्पूर्ण गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिको समुहको कार्यगत एकताले विकासको कार्य गर्न सकिने बताए ।

    कसैको भनसुन, व्यक्तिगत पूर्वाग्रह भन्दा पनि नीति पद्धतिले विकासका कार्य गर्न सफल रहन आफु प्रतिवद्घ रहने उनको भनाई रहेको थियो ।

    पदभार तथा स्वागत कार्यक्रम बरेङ गाउँपालिका उपाध्यक्ष डिल कुमारी पुनको अध्यक्षता, गाउँपालिका स्वास्थ शाखा प्रमुख तथा जनस्वास्थ निरीक्षक अधिकृत पदम बहादुर पुनको स्वागत र गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार