बागलुङ : प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की नेतृत्वको टोलीले जिल्लाको बरेङ गाउँपालिकाको अनुगमन निरीक्षण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सहित प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगर लगायतको टोलीले बरेङ गाउँपालिका, सामुदायिक होमस्टे सिग्दी, ईलाका प्रहरी कार्यालय बरेङडाँडाको अनुगमन गरी शान्ति सुरक्षालाई चुस्त दुरस्त राख्न निर्देशन दिएको हो । अनुगमनपछि बरेङ गाउँपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कार्कीले बरेङ गाउँपालिका नागरिकको समस्याप्रति जिम्मेवार रहेको पाईएको भन्दै त्यसको प्रसंशा गरे ।
बरेङ गाँउपालिकाको राजनैतिक नेतृत्वको भूमिका जिल्लामै उत्कृष्ट रहेको भन्दै प्रमुख प्रशासकिय अधिकृतले खेलेको भूमिकाको पनि सराहाना गरे ।
पालिकाले लिएको कर्मचारी प्रोत्साहन कार्यक्रमले कर्मचारीलाई काम गर्न थप हौसला प्रदान गरेको बताउँदै बरेङमा कर्मचारीलाई काम गर्नका लागि थप सहज वाताबरण बनाएको उनको भनाई थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अध्यक्ष कृष्णप्रसाद शर्माले पालिकामा देखिएका समस्याहरुको अवगत गराउँदै समाधानका लागि पहल गरिदिन अनुरोध गरे ।
उनले प्रमुख जिल्ला अधिकारी कार्कीलाई गाउँपालिकाको नीति तथा कार्यक्रमको पुस्तीका समेत हस्तान्तरण गरेका थिए । कार्यक्रममा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा, उपाध्यक्ष दिल कुमारी पुन, प्रमुख प्रषाशकिय अधिकृत रमेह थापा, वडा नम्बर ५ का अध्यक्ष अमर शेरपुर्जा, स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुन लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशाकिय अधिकृत रमेश थापाले स्वागत गरेका थिए ।