बरेङको चिच्याएर बर माग्ने सत्यवति मन्दिर ८ महिनापछि खुल्यो

बरेङको चिच्याएर बर माग्ने सत्यवति मन्दिर ८ महिनापछि खुल्यो

  • पौष ५, २०७७ आइतवार
  • ०९:४८:०७ बजे
  • 10.2K
    SHARES
  • बरेङको चिच्याएर बर माग्ने सत्यवति मन्दिर ८ महिनापछि खुल्यो

    बरेङ : कोरोना माहामारीका कारण बन्द भएकोे बरेङको चर्चित धार्मिक स्थल साग्दी सत्यवती मन्दिर ८ महिनापछि दियाली पुर्णिमा नजिकिदै गर्दा खुला गरिएको छ ।

    मन्दिरमा कोरोनाको भाइरसको जोखिम रहेको भन्दै स्थानीय प्रशासन र मन्दिर व्यवस्थापन समितिले  गत चैतदेखि बन्द गरेका थिए ।  पछिल्लो समय सरकारले निजी तथा सार्वजनिक सवारी, सरकारी तथा निजी कार्यालय र बजार खुल्ला गरेपछि बाग्लुङ जिल्लाका धार्मिक स्थलहरु पनि खुल्न थालेका हुन । 

    मन्दिर ब्यबस्थापन समितिको छलफलपछि पौस १ गते बाट भक्तजनको लागि मन्दिर खुल्ला गरिएको समितिका सचिव हर्क बहादुर बुढाथोकीले बताए ।

    हरेक वर्ष हजारौ भक्तजनहरुको घुईचो लाग्ने मन्दिरमा यसपाली स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै सामाजिक दुरी कायम गरेर मन्दिरमा पुजाआजाको ब्यबस्था गरिने सत्यवति मन्दिर ब्यबस्थापन समितिका सचिब बुढाथोकीको भनाई छ ।

    IMG_7331.jpg

    वर्षको एक पटक मंसिर/पुस महिनामा पर्ने दियाली पुर्णिमाको दिने विषेश पुजाआजा हुने मन्दिरमा ठूलो स्वरले चिच्याएर बर मागे पुग्छ भन्ने जनविश्वास रहेको छ ।

    पूजाआजा र बर माग्नको लागि देशका विभिन्न ठाउँबाट आउनेहरुको घुइचो लाग्ने मन्दिर व्यस्थापन समितिका अध्यक्ष खड्क बहादुर श्रीसले बताए ।

    विषेशगरी काठमाण्डौ, धनकुटा, नेपालगञ्ज, गैडाकोट, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, बुटवल, म्याग्दी, बागलुङको विभिन्न स्थानहरु लगाएतका ठाउँहरुबाट तिर्थयात्रीहरु आउँने गर्छन् ।

    IMG_7332.jpg

    पूजा गरे बापत र बलि चढाए बापत केही शुल्क लिन गरिएको श्रीसले जानकारी दिए । दियालि पुर्णिमाको बिहानैदेखि पूजा–आजा गरिने मन्दिरमा १० /१५ वटा बली चढ्ने गरेको बताइएको छ ।

    मन्दिरको दायाँ पट्टी एउटा कुण्डली छ । त्यही गएर बर मागेपछि पुग्छ भन्ने जनविश्वास रहेकोछ ।

  • सम्बन्धित विषय:

  • # सत्यवति मन्दिर
  • # बरेङ

  • दिपेन्द्र परियार

    उहाँ बागलुङ पोस्टको संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार