दिपेन्द्र परियार
बागलुङ : जिल्लाको बरेङ गाँउपालिकाले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘प्रहरीसँग एक दिन विद्यार्थी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकिकृत रुपमा बढाउन बरेङ गाँउपालिका र ईलाका प्रहरी कार्यलय बरेङबीच समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिने भएको हो ।
सोमबार दुबै पक्षबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार अनुसार राष्ट्रिय विकासका लागि आवश्यक जनशक्ति तयार गर्न र सर्वसाधारण जनताको सदाचार शिष्टाचार र नैतिकता कायम राख्न बरेङ गाँउपालिका भित्रका विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा शान्ति
सुरक्षा एवं सुव्यवस्थाका विषयमा जीवनउपयोगी शिक्षा हाँसिल गराउन उपयुक्त भन्दै सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘प्रहरीसँग एक दिन विद्यार्थी’ कार्यक्रमको अवधारणा ल्याईएको बरेङ गाउँपालिकाका प्रमुख प्रषाशकिय अधिकृत रमेश थापाले बताए ।
कार्यक्रमले शान्ति सुरक्षा र व्यवस्थालाई सुव्यवस्थित गर्न विद्यार्थीलाई असल र जिम्मेवार नागरिक बनाउन, नैतिक शिक्षा, लागुपदार्थ दुव्र्यसन तथा निराकरण, सामाजिक सञ्जालको दुरुपयोग, विद्युतिय अपराध नियन्त्रण ट्राफिक सचेतना घरेलु मदिराजन्य पदार्थलाई निरुत्साहित गर्ने लगायतका कार्यमा सहयोग पु-याउने अपेक्षा लिईएको छ ।
‘प्रहरीसँग एक दिन विद्यार्थी कार्यक्रम गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ देखि १२ सम्मका र सर्वोदय क्याम्पसका विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने सहमति
समझदारीपत्रमा गरिएको छ ।