कर्मभूमि फाउन्डशेनले दियो गरिब विद्यार्थीलाई पोसाक र स्टेशनरी

कर्मभूमि फाउन्डशेनले दियो गरिब विद्यार्थीलाई पोसाक र स्टेशनरी

  • फाल्गुण २०, २०७७ बिहिवार
  • १८:४६:४९ बजे
  • 5.8K
    SHARES
  • कर्मभूमि फाउन्डशेनले दियो गरिब विद्यार्थीलाई पोसाक र स्टेशनरी

    बुर्तिबाङ : कर्मभूमि फाउन्डशेनले ढोरपाटन नगरपालिका वडा नम्बर ६ बोबाङको एक विद्यालयमा अध्ययरत विद्यार्थीकालाई स्टेशनरी र पोशाक हस्तान्त्रण गरेको छ ।

    ज्ञानोदय माध्यमिक विद्यालय बोबाङमा अध्ययनरत जेहेन्दार, गरीब तथा असहाय १० जना विद्यार्थीहरुलाई स्टेशनरी हस्तान्त्रण गरेको संस्थाका अध्यक्ष कमल भुषालले बताए । संस्थाका अध्यक्ष कमल भुसाललको अध्यक्षतामा आयोजित

    कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष शैलेश घर्ती मगरको प्रमुख आतिथ्यता, विद्यालयका प्रअ यामबहादुर कायत, संस्थाका सचिव देव बहादुर विक लगाएतको सहभागितामा रहेको थियो ।

    कार्यक्रममा संस्थाका सचिव देवबहादुर विकको स्वागत, विद्यालयका शिक्षक विदुर पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    केभिड १९ पछि पहिलो पटक कार्यक्रम सञ्चालन गरेको संस्थाले त्यसभन्दा पहिला विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई सहयोग गर्दै आएको थियो ।

  • सम्बन्धित विषय:

  • # विद्यार्थी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार