सुवास आचार्य, बागलुङ : बागलुङ जिल्ला भरि सबै खालका यातायातका सवारीसाधन निर्वाद रूपमा संचालन भइरहेको बेला बागलुङ नगरपालिकाले विद्यालय खुले पनि विद्यालय बस संचालनमा रोक लगाउँदा यहाँ विद्यार्थी मर्कामा परेका छन् ।
विद्यालय संचालन गर्न दिने तर विद्यालय बस संचालन गर्न रोक लागउँदा विद्यार्थी कोरोनाको जोखिम मोलेर सार्वजनिक यातायात चढ्न बाध्य भएका छन् ।
कोरोना जोखिम लाई ध्यानमा राखी चैत १० गतेदेखि बन्द भएका शैक्षिक संघसंस्था खुलेर पढाइ संचालन भए पनि बागलुङ नगरपालिका नगर शिक्षा समितिले बस संचालनमा रोक लगाउदा त्यसको प्रत्यक्ष मारमा विद्यार्थी परेका छन् ।
सरकारले ९ महिनादेखि लगाउदै आएको लकडाउन अन्त्य भए संगै अनलाइन मार्फत कक्षा संचालन गर्दै आएका बिद्यालयले बिद्यार्थीलाई बिद्यालयमै सबै पठनपाठन शुरूवात गरेपनि बागलुङ नगरपालिकाले भने बिद्यालयका सवारीसाधन चलाउन प्रतिबन्ध लगाउदा गाउँ गाउँ बाट आउने विद्यार्थी मर्कामा परेका हुन ।
बागलुङ नगरपालिका नगर शिक्षा कार्यलयले कोरोनाको जोखिम कायमै भएको भनी अर्को सुचना जारी नभएसम्म बिद्यालयका सवारीसाधन नचलाउन निर्देशन दिएको कारण विद्यार्थी र अभिभावक लाई समस्या भएको प्रिसियस मन्टेश्वरीका संचालक राजन पौडेलले बताए ।
यतिबेला बागलुङका निजी र सामुदायिक बिद्यालयले कोरोनाको जोखिम लाई ध्यानमा राखी दिनमा ३ सिफ्टमा सामाजिक दुरि कायम कक्षा संचालन गरिरहेको भएपनि सवारीसाधन चलाउन नपाउदा समस्या थपिएको आदर्श बिद्यामन्दिर माध्यमिक बिद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीले बताए ।
नगरपालिकाले बिद्यार्थी संचालन गर्न दिने तर बिद्यालय बस संचालन गर्न रोक लगाउदा बिहान ५ बजेदेखि गाउँ बाट हिडेर आउनुपर्ने बाध्यता रहेको विद्यार्थीले गुनासो गरेका छन् । विद्यालय चलाउन दिने र वस संचालन गर्न नदिदा आफुहरुलाई समय व्यवस्थापन गर्न समम्या भएको बिद्यार्थीको गुनासो छ ।
बागलुङ जिल्लामा सबै निजि तथा भाडाका सानाठूला सबै सवारीसाधन निर्वाद रूपमा चलिरहेका छन् । यतिबेला बिद्यालयमा अध्ययन गर्ने बालबालिकाले चढ्ने सवारीसाधन मात्रै चलाउन नदिदा बिद्यार्थीहरू सार्वजनिक सवारीसाधनमा अर्को जोखिम मोलेर बिद्यालय आउन बाध्य छन् ।
बागलुङ नगरपालिकाले नगर क्षेत्रमा बिद्यालय संचालन गर्ने दिने तर बिद्यालयका सवारीसाधन संचालन गर्न नदिने निति बनाउदा विद्याय संचालक, विद्यार्थी र अभिभावकलाई समस्या सृजना भएको छ ।