विद्यार्थीलाई अनुशासित बनाउन पासकार्ड

विद्यार्थीलाई अनुशासित बनाउन पासकार्ड

  • पौष २, २०७७ बिहिवार
  • २०:५९:२२ बजे
  • 4.5K
    SHARES
  • विद्यार्थीलाई अनुशासित बनाउन पासकार्ड

    बरेङ : विद्यार्थी अनुशासित बनाउन बाटाकाचौरको शारदा माध्यमिक विद्यालयले पास कार्डको प्रयोग अनिवार्य गरेको छ । 

    बरेङ गाँउपालिका वडा नम्बर ३ बाटाकाचौर किसिमकोटको सारदा माध्यमिक विद्यालयले विद्यार्थीलाई अनुशासनको दायरामा राख्न र सिकाउन भन्दै विद्यार्थी कक्षाकोठाबाट बाहिर

    निस्कनु परेमा अनिवार्य पास कार्ड हुनुपर्ने व्यवस्था गरेको हो । कार्डमा कक्षा शिक्षक र प्रधानध्यापकको हस्ताक्षर रहेको छ ।

    बरेङ गाँउपालिकाको हकमा यो फरक अभ्यास भएको भन्दै एउटा कक्षा मा विद्यार्थीको सङख्याको आधारमा २ देखि ४ जना मात्रै बाहिर निस्कन सक्ने गरि कार्ड उपलब्ध गराईएको विद्यालयका प्रधानध्यापक देविदत्त पौडेलले बताए ।

    विद्यालयमा विद्यार्थीलाई अनुशासित बनाउन शिक्षक तथा विद्यार्थी समेत मिलेर अहिले विभिन्न नियम समेत बनाएका छन् ।

    ‘पहिला सबै जना एकै पटक बाहिर निस्कदा अस्तव्यस्त हो हल्ला हुन्थ्यो, अहिले पासकार्डको व्यवस्था भएपछि हामी पालै पालो निस्कन्छौ यसले हामीलाई शान्त

    भएर बस्न तथा पढ्न लेख्न मद्धत पुगेको छ’ कक्षा १० मा अध्यनरत छात्र विबेक खत्रीले भने ।मेरो कक्षामा छात्रहरुको लागि २ वटा र छात्राहरुको लागि २ वटा पास कार्डको व्यवस्था छ ।

    पासकार्डको प्रयोग गर्न थालेपछि यसको प्रभावकारीता राम्रो देखिएको र यो प्रयोगबाट विद्यार्थीहरुमा समेत सकारात्मक

    प्रभाव परेको प्रधानध्यापक पौडेलको भनाई छ । यसले अनुशासनको पालना गराउन सहज भएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # विद्यार्थी

  • दिपेन्द्र परियार

    उहाँ बागलुङ पोस्टको संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार