बरेङका मुख्य ठाउँमा सीसी क्यामेरा र फ्रि वाईफाई 

बरेङका मुख्य ठाउँमा सीसी क्यामेरा र फ्रि वाईफाई 

  • श्रावण १, २०७८ शुक्रवार
  • १९:०२:५८ बजे
  • 4.1K
    SHARES
  • बरेङका मुख्य ठाउँमा सीसी क्यामेरा र फ्रि वाईफाई 

    बागलुङ : जिल्लाको बरेङ गाउँपालिकाले आफ्नो मुख्य क्षेत्र बरेङ बजारमा चोरी लगायतका अपराधिक घटना नियन्त्रणका लागि सीसी टिभी क्यामेरा जडान गरेको छ ।

    अपराधिक घटनाको न्यूनिकरणका लागि दश वटा क्यामेरा जडान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानाकारी दिएका छन् । जिल्लाको दक्षिणी भेगमा रहेको बरेङ गाउँपालिकाले छिमेकी जिल्लाबाट आउने र जानेको संख्या धेरै रहेको कारण चाप बढी हुनाले अपराधिक घटना नहुन् भन्ने हेतुले सीसी टिभी क्यामेरा जडान गरिएको उनले बताए ।
     उनले भने,‘हामी जिल्लाको दक्षिणी भेगमा छौं, भौगोलिक अवस्थामा पनि कमजोर छ ।

    जनतालाई सुरक्षाको अनूभुति दिलाउनको लागि सीसी टिभीले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । सीसी टिभीमा देखिने गतिविधि गाउँपालिका र ईलाका प्रहरी कार्यालय बरेङले निगरानीको गर्ने गरी काम भैरहेको छ ।’

    सीसी टिभी क्यामेरा जडान गर्नाले नागरिकहरुमा थप सजग र सचेत हुनेमा गाउँपालिका विश्वस्त रहेको गाउँपालिकाले जनाएको छ । सीसी टिभी जडानका लागि गाउँपालिकाले चार लाख खर्च गरेको छ । 

    गाउँपालिकाले बरेङ बजार भित्र सूचनाको पहँुच सहजै पुगोस भन्ने हेतुले दुई लाख ५० हजार खर्च गरेर फ्रि वाईफाई पनि जडान गरिसकेको छ । वाईफाईको माध्यमबाट जनतालाई सही व्यक्तिबाट सही समयमा सही सूचना पु¥याउने लक्ष्य राखिएको अधिकृत थापाले बताए । पालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटेर ग्रामिण क्षेत्रका नागरिकलाई पनि सही सूचना पु¥याउने उद्देश्यले बरेङको बजारमा फ्रि वाईफाई जडान् गरिएको छ ।

     ‘ग्रामिण क्षेत्रका नागरिक सूचनाको हकबाट टाढा रहेको हुन्छन्, उनीहरुको सूचना पाउने हकबाट टाढा नहुन र ग्रामिण क्षेत्रमा पनि सूचना प्रविधिको अधिकतम प्रयोग सकुन भनेर हामीले नीति तथा कार्यक्रममा समेटेका थियौँ, सो अनुरुप बरेङ बजारको विभिन्न ठाउँमा फ्रि वाईफाई जडान गरेका छौं,’ उनले भने । गाउँपालिकाले बिहुँकोट ईन्टरनेट कम्पनीसंग समन्वय गरी काम गरेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत राजन कार्कीले जानकारी दिएका छन् ।

    अहिले वाईफाई परीक्षणको क्रममा रहेको उनले बताए ।

     

    सम्बन्धित समाचार