आगलागी

ढोरपाटन नगरपालिका–२ अर्नाकोटमा आगलागी हुँदा एकघर जलेर नस्ट, १५ लाख बढिको क्षेति

ढोरपाटन नगरपालिका–२ अर्नाकोटमा आगलागी हुँदा एकघर जलेर नस्ट, १५ लाख बढिको क्षेति

  • फाल्गुण ४, २०७७ मंगलवार
  • १९:४९:३२ बजे
  • 11.2K
    SHARES
  • ढोरपाटन नगरपालिका–२ अर्नाकोटमा आगलागी हुँदा एकघर जलेर नस्ट, १५ लाख बढिको क्षेति

    बुर्तिबाङ : ढोरपाटन नगरपालिका २ अर्नाकोटमा आगलागी हुँदा एक घर जलेर नस्ट भएको छ । स्थानीय  ज्ञान बहादुर महत र तुलबहादुर महतको दुईतले ढुंगाले छाएको घरमा अचानक आगोलागी हुँदा जलेर जष्ट भएको हो ।

    आगलागी हुँदा घरमा राखिएको अन्नपात, लत्ता कपडासहित डेढलाख रुपैयाँ जलेर नस्ट भएकोे ढोरपाटन नगरपालिका–२ का अध्यक्ष युवराज महतले बताए । घरमा केटाकेटी मात्र रहेको अवस्थामा दिउँसो चार बजेतिर सल्किएको आगो साँझ मात्रै स्थानीयले नियन्त्रणमा लिन सफल भएका छन् । 

    दुई दाजुभाई बस्दै आएको घर जल्दा  १५ लाख बढिको क्षेति भएको वडा अध्यक्ष महतले बताए । घर जलेपछि उनीहरुलाई बसोबासको समस्या भएको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार