हेर्नुहोस् गुडिरहेको बसमा आगलागी भएपछि यस्तो भयो

हेर्नुहोस् गुडिरहेको बसमा आगलागी भएपछि यस्तो भयो

  • मंसिर २९, २०७७ सोमवार
  • ०८:५४:३९ बजे
  • 4.4K
    SHARES
  • हेर्नुहोस् गुडिरहेको बसमा आगलागी भएपछि यस्तो भयो

    तुलसीपुर : दाङमा गुडिरहेको यात्रुवाहक बसमाथि आज बिहानै आगलागी भएको छ ।

    बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।मानविय क्षति भने नभएको प्रहरी चौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले जानकारी दिनुभयो ।

    आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त बस आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५र१६ जना यात्रुहरु भएको प्रहरीले बताएको छ ।

    याे पनि

    आज ७७ वटै जिल्लामा काँग्रेसको विरोध प्रदर्शन

    काठमाडौ : सरकारको अकर्मण्यताविरूद्ध नेपाली काँग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दैछ ।

    आफ्नो गृहजिल्ला तनहुँमा गत मंसिर १७ गते पुल उद्घाटन गर्न पुग्दा प्रहरी प्रशासनले रोक लगाएर वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी हिरासतमा समेत लिएपछि आक्रोशित बनेको कांग्रेसले सोमबार सरकारविरुद्ध देशैभरी प्रदर्शन गर्न लागेको हो ।

    ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड गरेको आरोप पनि कांग्रेसले लगाइरहेको छ ।

    पछिल्लो समय राजावादीहरूले देशका विभिन्न शहरमा प्रदर्शन गरेपछि झस्किएको कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन विभिन्न नारा पनि तय गरेको छ ।

    नारामा ‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन, सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ जस्ता विषय समेटिएका छन् ।

    कांग्रेसले कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

    कोरोनाका कारण भन्दै कांग्रेसले औपचारिक रूपमा कुनै पनि जिल्लामा प्रतिनिधि पठाएको छैन । तर, शीर्ष नेता र अधिकांश केन्द्रीय सदस्य जिल्ला–जिल्लामा पुगेका छन् ।

    सभापति देउवाले हेटौँडामा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्नुहुनेछ । यसैगरी, उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमको नेतृत्व गर्नुहुनेछ ।

    आज ७७ वटै जिल्लामा काँग्रेसको विरोध प्रदर्शन

    सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा पुग्दा नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ ।

    यसैगरी, केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउदले अछामबाट सरकारले गरेका जनविरोधी कामविरुद्ध शंखघोष गर्नुहुने कांग्रेसले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गुडिरहेको बसमा
  • # आगलागी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार