आगलागीमा घर जलेर नष्ट

आगलागीमा घर जलेर नष्ट

  • फाल्गुण १७, २०७७ सोमवार
  • ०९:५६:४० बजे
  • 4.9K
    SHARES
  • आगलागीमा घर जलेर नष्ट
    प्रतीकात्मक तस्वीर

    चितवन : चितवनको माडीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

    माडी नगरपालिका–७ देवेन्द्रपुरको शिवालय मन्दिर नजिकका ४८ वर्षीय टोकप्रसाद गौडेलको घर आगलागीका कारण जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अचानक लाइटर पड्केर भएको आगलागीबाट उनको ढुङ्गामाटोले बनेको दुइतले कच्ची घर जलेर नष्ट भएको हो ।

    आगलागीबाट रु १० लाख बराबरको क्षति भएको अनुमान गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी बताए । स्थानीय, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार