बागलुङ नगरपालिका ६ मा मन्दिर तथा कृष्ण स्मृति प्रतिक्षालयको उद्घाटन 

बागलुङ नगरपालिका ६ मा मन्दिर तथा कृष्ण स्मृति प्रतिक्षालयको उद्घाटन 

  • मंसिर २८, २०७७ आइतवार
  • १९:३२:२१ बजे
  • 6.1K
    SHARES
  • बागलुङ नगरपालिका ६ मा मन्दिर तथा कृष्ण स्मृति प्रतिक्षालयको उद्घाटन 

    कृष्ण प्रसाद सापकोटा, बागलुङ : बागलुङ नगरपालिका वडा नम्बर ६ भान्सा स्थित नवदुर्गा भवानी मन्दिर तथा स्वर्गीय कृष्ण प्रसाद सापकोटाको स्मृतिमा निर्मित प्रतिक्षालयको उद्घाटन गरिएको छ । 

    भान्स सेवा समाज जापान, बागलुङ नगरपालिका र स्थानीयको चन्दा संकलनबाट निर्मित मन्दिरको आइतबार एक समारोहको आयोजना गरि मन्दिर तथा प्रतिक्षालयको उद्घाटन गरिएको हो । कुल १२ लाख ३२ हजार ७सय ६८ रुपैया लागतमा मन्दिर तथा प्रतिक्षालय निमार्ण भएको निमार्ण समितिका सचिव तिलक बहादुर केसीले बताएका छन । 

    मन्दिर तथा प्रतिक्षालय निमार्णको निमित्त भान्सा सेवा समाज जापानले ३लाख ८ सय,बागलुङ नगरपालिकाले १लाख ९५ हजार ८ सय ९६, भान्सा सेवा समाज बागलुङले १ लाख, र स्थानियाको चन्दा सहयोगबाट ६ लाख ५१ हजार ६सय ९७ गरि जम्मा १३ लाख ४हजार ७सय ६८ रुपैया संकलन भएको केसीले बताए ।

    कार्यक्रममा विश्वशान्ति सर्वसिद्धधाम पञ्चकोटका प्रतिनिधि अध्यक्ष ऋषि प्रपन्नाचार्यले धार्मिक संस्था निमार्ण गर्नुभन्दा पनी धार्मीक मान्यतालाई अवलम्वन गर्नुपर्नेमा जोड दिएका छन । मृत्यु पश्चातको परलोककी जिवनको लागि अहिले सतकर्ममा लाग्न उनको आग्रह थियो । 

    कार्यक्रमा बा.न.पा–६का वडाध्यक्ष खिमराज सापकोटा , भान्सा सेवा समाज बागलुङका शालिकराम सापकोटा, भान्सा सेवा समाज जापानका प्रतिनिधि शिव प्रसाद सापकोटा ,निमार्ण समितिका उपाध्यक्ष भुवानी आचार्य लगाएतले मन्तव्य राखेका थिए ।  

    यस्तै उद्घाटन समारोहमा विश्वशान्ति सर्वसिद्धधाम पञ्चकोटका प्रतिनिधि अध्यक्ष ऋषी प्रपन्नाचार्यलाईे सम्मान गरिएको छ । धार्मिक क्षेत्रमा उहाले गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको निमार्ण समितिले बताएको छ । 

    त्यस्तै मन्दिर संचालनको निमित्त एक अक्षयकोष स्थापना गरिएको छ ।जसमा भुवानी आचार्यले ११ हजार १ सय ११, देवि केसीले १०हजार १सय ५५, नरसिंह केसीले १०हजार  शिव प्रसाद सापकोटाले १० हजार, खेमराज सापकोटाले ५हजार ५सय ५५, टिका पौडेलले ५ हजार, डिल्ली प्रसाद सापकोटाले ५हजार, ऋषि प्रपन्नाचार्यले २ हजार ५सय र नरबहादुर पौडेलले रु ३सय सहयोग गरेको सचिव केसीले बताएका छन । 

    निमार्ण समितिका अध्यक्ष शिवप्रसाद साकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रामजी केसीले गरेका थिए ।

     

    सम्बन्धित समाचार