बागलुङ : बागलुङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका २१ र ढोरपाटन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेमा बागलुङ नगरपालिका वडा
नम्बर १ का २४, ५९, २६ र ६३ वर्षीया महिला, २५, ६५, १६ र २० वर्षीय पुरुष रहेका छन् । वडा नम्बर २ का ५९ वर्षीया महिला र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । त्यस्तै वडा नम्बर ३ का ३१ वर्षीय पुरुष, वडा नम्बर ४ का २१, ३० र ४५ वर्षीय पुरुष, वडा नम्बर ७ का २९ वर्षीय पुरुष, वडा नम्बर ९ का ४७ वर्षीया महिला, ३१ र ४६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी वडा नम्बर १० का २४ र २५ वर्षीय पुरुष, वडा नम्बर १२ की १८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ भने ढोरपाटन नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय पुरुष र वडा नम्बर ९ का ५१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।