बजेट

बागलुङ नगरपालिकाद्वारा एक अर्ब ५ करोडकाे बजेट सार्वजनिक

बागलुङ नगरपालिकाद्वारा एक अर्ब ५ करोडकाे बजेट सार्वजनिक

  • आषाढ १०, २०७८ बिहिवार
  • १९:३६:२१ बजे
  • 5.3K
    SHARES
  • बागलुङ नगरपालिकाद्वारा एक अर्ब ५ करोडकाे बजेट सार्वजनिक

    बागलुङ : बागलुङ नगरपालिको आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि बागलुङ नगर उपप्रमुख सुरेन्द्र खड्काले नगरसभामा एक अर्ब पाँच करोड ६८ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तु गरेका हुन् । प्रस्तुत बजेट मध्ये आन्तरिक करबाट ७ करोड ५३ लाख ३४ हजार, सञ्चित कोष ५ करोड, आन्तरिक स्रोत अनुदानतर्फ ९२ लाख, समेत गरी आन्तरिक

    राजस्वतर्फ १३ करोड ४५ लाख ३४ हजार आय हुने उल्लेख गरिएको छ । संघीय सरकारको राजस्व बाँडफाँडबाट १० करोड ४० लाख, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट तीन करोड ९७ लाख २० हजार गरी १४ करोड ३७ लाख आय थपिनेछ । संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १७ करोड ३८ लाख, सशर्त अनुदानतर्फ ५३ करोड ३० लाख, विशेष अनुदानतर्फ दुई करोड ३३ लाख, समपुरक अनुदानतर्फ एक करोड ७१ लाख गरी जम्म ७४ लाख ७२ हजार रपैयाँ तथा प्रदेश सरकाबाट प्राप्त हुने वित्तीय समानीकरण

    अनुदानतर्फ दुई करोड १५ लाख गरी ७६ करोड ८७ लाख आय हुने नगरपालिकाको अनुमान छ ।  यी सबै आय जाड्दा एक अर्ब ५ करोड ६८ लाख ३० हजार बजेट पुग्ने नगर उपप्रमुख खड्काले हिसाब किताब प्रस्तुत गरे । पर्यटन पूर्वाधारका लागि एक करोड १० लाख रुपैयाँ विनीयोजन गरिएको छ । सामाजिक विकास अन्तर्गत शिक्षाका लागि ३९ करोड ५१ लाख २४ हजार रुपैयाँ छुट्याईएको खड्काले उल्लेख गरे । 

    स्वास्थ्यतर्फ शसर्तमा ५ करोड ५१ लाख रुपैयाँ बजेट रहेको छ । स्वास्थ्यका कार्यक्रम सञ्चालनका लागि कुल ७ करोड ५८ लाख ६५ रुपैयाँको बजेट राखिएको छ । युवा तथा खेलकुद विकासका लागि कुल चार करोड ३६ लाख ५० हजार रुपैयाँ विनीयोजन गरिएको छ । सामाजिक विकासतर्फ यी सबै कार्यक्रमका लागि ५४ करोड १६ लाख ८९ हजार बजेट खर्च हुनेछ । पूर्वाधार विकासतर्फ २३ करोड ५ लाख रुपैयाँ विनीयोजन गरिएको छ ।

    नगरपालिकाको चालु तथा प्रशासनिक खर्चतर्फ १५ करोड ८१ लाख रुपैयाँ विनीयोजन गरिएको खड्काले बताए । बजेटमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोकथाम नियन्त्रण तथा व्यवस्थापन कार्यक्रम, “गरिबसँग मेयर ऋृषिराम” कार्यक्रमः “गोविन्द अधिकारी व्यवसायिक शिक्षा छात्रवृत्ति कार्यक्रम” कृषि क्याम्पस सञ्चालन, “भगत सर्वजित” विश्वकर्माको सम्मानमा भगत सर्वजित प्रतिष्ठानलाई व्यवस्थित गर्न बजेट व्यवस्थापन गरिएकोछ । 
    मालिका जुलोजिकल पार्क (प्राणी उद्यान), शहरी शासकीय क्षमता विकास कार्यक्रम, वडा केन्द्र पहुँच मार्ग, जल्किनी भैरवस्थान सडक निर्माण, वृद्धाश्रम निर्माण, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना, विरशाली पन्त स्मृती साहित्य पुरस्कार, एकिकृत शहरी विकास योजना निर्माण, सुशासन प्रवद्र्धनमा विशेष जोड दिईएको छ ।  

    सम्बन्धित समाचार