नीति तथा कार्यक्रम

यस्तो छ बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

यस्तो छ बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

  • आषाढ ९, २०७८ बुधवार
  • २०:३३:४८ बजे
  • 4.6K
    SHARES
  • यस्तो छ बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

    बागलुङ :बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम सार्वजनिक गरेको छ । बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले नवौं नगरसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हन् । आगामी वर्षको नीति कार्यक्रममा कोरोना महामारी नियन्त्रण गर्दै ट्रमा सेन्टर निर्माणमा पहल गर्नेदेखि पूर्वाधार निर्माणका विषयलाई प्राथमिकता दिईएको छ । 

    नगरपालिकाले कोरोना भाइरस (कोभिड– १९) को नियन्त्रण, रोकथाम र उपचारमा आवश्यक प्रबन्ध मिलाउने, आधारभूत स्वास्थ्यको जिम्मेवारी सिर्जनात्मक ढङ्गले लागू गर्ने, स्वास्थ्यकर्मीको मनोवल बृद्धिका लागि नगरपालिकाले आवश्यक व्यवस्थापन गर्ने कार्यक्रममा उल्लेख गरेको छ ।  हरि खड्का ट्रमा सेन्टर निर्माण गर्न विशेष पहल गर्ने, अन्तर्राष्ट्रिय समाज बागलुङ, प्रवासी नेपाली संघ बेलायत शाखासँगको सहकार्यमा विशेषज्ञ सहितको टेलिमेडिसिन सेवा यसै वर्षदेखि सञ्चालनमा ल्याउने, ‘गरीबीसँग मेयर ऋषिराम’

    कार्यक्रमलाई कोभिड– १९ बाट प्रभावित व्यक्ति समेतको आय आर्जनका लागि सुलभ कर्जा प्रदान गर्ने, वलेवामा १५ शैयाको नगरस्तरीय अस्पताल निर्माणको प्रक्रियालाई तिव्रता, गर्भवती तथा किशोरीहरुको स्वास्थ्य तथा पोषण सुधार ल्याउनका लागि बहुक्षेत्रीय पोषण कार्यक्रम लागू नीति कार्यक्रममा उल्लेख गरिएको छ ।  नगर स्तरीय ९ वटा र वडा स्तरीय सडकलाई स्तरोन्नती गरी पक्की सडकहरुमा मर्मत सुधारको निम्ति

    जनशक्तिको व्यवस्थापन गर्ने, नगरका सबै वडा कार्यालयहरु सरकारी, सार्वजनिक भवनबाट सेवा प्रदान गर्ने, प्रमुख चोक सुधार, पोल व्यवस्थापन, तार, सडक नाली व्यवस्थापनको कामलाई अगाडि बढाउने, बागलुङ बजारका ऐश्वर्य पार्क, सहिद पार्कको पुनःनिर्माण गरी सौन्दर्यकरण गर्ने,  यसै आर्थिक वर्ष भित्र उद्योग ग्राम निर्माण गरी सञ्चालनमा ल्याउने नगरपालिकाको योजना छ । सामाजिक विकास अन्तर्गत लामो

    समयदेखि सामाजिक उत्पीडनमा परेका दलित उत्पीडित क्षेत्रलाई विशेष प्राथमिकता दिई रोजगार, सीप, सम्मानयुक्त जीवन यापन गर्ने वातावरण सिर्जना गर्दै पहुँच र प्रतिनिधित्व स्थापना गर्ने, भगत सर्वजित विश्वकर्मा रोजगार तथा सीपमूलक कार्यक्रम सञ्चालन गरी प्रतिष्ठानको भवन निर्माण गर्ने, जेष्ठ नागरिकको सम्मान तथा विश्राम केन्द्रलाई विस्तार गर्ने, अपाङ्गता भएका व्यक्तिको पहिचान गरी दोभाषे

    एवं सहायता सामग्री प्रदान गरिनेछ ।  विपन्न घर परिवारका खरका छानो हटाई टिनको छानोमा ल्याउने, जनता आवास कार्यक्रमबाट विपन्नका घर निर्माणमा विशेष जोड दिने, नगरप्रमुख जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम र उपप्रमुख युवा दुव्र्यसनी नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । मासुजन्य उत्पादनको लागि चिस्यान केन्द्र स्थापना गर्ने, कृषिमा यान्त्रिकीकरण व्यवसायीकरण

    र बजारीकरणका माध्यमबाट कृषिलाई प्रवद्र्धन र विकास गर्ने,  उत्पादनमा आत्मनिर्भर बनाउन सुन्तला, कागती, चिया, किवी, ओखर खेती तथा जडिबुटी खेती प्रवद्र्धन कार्यक्रमलाई अगाडि बढाउने, एक वडा तीन उत्पादन नीतिमा आधारित प्रत्येक वडामा एक उत्पादनलाई प्रमुख कृषि जोनको रुपमा विकास गर्ने, भगत सर्वजित सिप रोजगार प्रवद्र्धन कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाउने नगरपालिकाले जनाएको छ । नगरपालिकाले बागलुङ नगर खानेपानीको व्यवस्थापन र सञ्चालन खानेपानी बोर्ड गठन गरी बजार

    क्षेत्रको खानेपानी व्यवस्थापनमा देखिएको समस्यालाई समाधान गर्न विशेष पहल गर्ने, आधारभूत खानेपानीको पहुँच नपुगेका घरमा खानेपानी उपलब्ध गराउन ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिने, बा.न.पा. ८ लामाचौरमा निर्माणाधिन खानेपानी आयोजना यसै वर्ष सञ्चालनमा ल्याउने, लिफ्टिङ खानेपानी आयोजना कुँडुले, लहरेपिपल, भैरवस्थान, रायडाँडा, बौडेचौर, माझकोट लगायतका क्षेत्रमा विस्तार गर्ने नीतिमा उल्लेख छ । 

    यस्तो पूर्णपाठ

    सम्बन्धित समाचार