भरत सापकोटा
बागलुङ: जिल्लाको काठेखोला—५ बिहुँकोट पोखरामा स्थापित बिहुँकोट खेलकुद तथा समाज केन्द्रले आफ्नो स्थापना दिवस एवं महाशिवरात्री पर्वको अवसर फुटबल प्रतियोगिता गर्ने भएको छ ।
अपर बिहुुँकोट फुटबल क्लबको प्राविधिक सहयोग रहने केन्द्र अध्यक्ष कृष्णप्रसाद कँडेलले बताए। कँडेलले दुई वटा अन्तर्राष्ट्रिय तथा केहि राष्ट्रिय प्रतियोगितामा उपलब्धिहरु हात पारेको बताउँदै खेलकुदले समाजमा सकरात्मक प्रभाव पारेकोले विगतमा दुईवटा राष्ट्रियस्तरका प्रतियोगिता समेत सफल भईसकेकाले युवाशक्ति र खेलकुद प्रेमिहरुका लागि यस्ता प्रतियोगिताहरुले आकर्षण गरेको बताए।
कोरानाको महामारीले युवाहरुको शारिरिक तन्दुरुस्ती पनि हटेको खेलकुद लगायत मनोरन्जनात्मक क्रियाकलापहरु पनि नभएको र यस्ले मानसिक रुपमै युवाहरु विचलित देखिन थालेकाले प्रतियोगिताको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक रोम क्षेत्रीले बताए ।
उनले भने,‘एक वर्ष अघि देखि नै महामारीबाट गुज्रिएकाले खेलाडीहरु भर्चुअल गेमिङबाटै खेल्नु परेको वर्तमान समयमा यस्ता प्रतियोगिता आयोजना हुनु गौरव को विषय भएको बताए।
फाल्गुन २५ गतेदेखि आयोजना हुन लागेको यस प्रतियेगिता टिम दर्ता २४ गते बेलुकासम्म गरिसक्नुपर्ने साथै टिम दर्ताको लागि रु ३००० दर्ता शुल्क र ५०० कार्डको लागि डिपोजिट गर्नुपर्ने छ । खेलाडीले कार्ड नपाए ५०० फिर्ता हुनेछ ।
उक्त प्रतियोगितामा प्रथम , द्वितीय स्थान प्राप्त गर्ने टिमलाई क्रमश रु २५ हजार १२ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कलबका सदस्य दिवश कँडेलले बताए।