विश्वकप फुटबलको युरोपियन छनोट ‘ड्र’ सार्वजनिक

विश्वकप फुटबलको युरोपियन छनोट ‘ड्र’ सार्वजनिक

  • मंसिर २३, २०७७ मंगलवार
  • ०३:२३:४९ बजे
  • 3.5K
    SHARES
  • विश्वकप फुटबलको युरोपियन छनोट ‘ड्र’ सार्वजनिक

    एजेन्सी : सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको समूह विभाजन भएको छ ।

    यूईएफएले सोमबार राति समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो ।

    सार्वजनिक समूह विभाजन अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ । छनोटका खेल सन् २०२१ को मार्चबाट सुरु हुनेछ ।

    समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् । समूहको दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल्ने छन् ।

    यी हुन् १० समूहका ५५ टिम

    समूह ‘ए’ – पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जेमबर्ग, अजरबैजान

    समूह ‘बी’ – स्पेन, स्विडेन, ग्रिस, जर्जिया, कोसोभो

    समूह ‘सी’ – इटाली, स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुआनिया

    समूह ‘डी’ – फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना, काजकास्तान

    समूह ‘इ’ – बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस, एस्टोनिया

    समूह ‘एफ’ – डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड, मोल्डोभा

    समूह ‘जी’ – नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया, जिब्रालटार

    समूह ‘एच’ – क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस, माल्टा

    समूह ‘आई’ – इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा, सान मारिनो

    समूह ‘जे’ – जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया, लिक्टेन्स्टाइन

  • सम्बन्धित विषय:

  • # विश्वकप
  • # फुटबल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार