एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

  • फाल्गुण २४, २०७७ सोमवार
  • ०८:०२:४० बजे
  • 3.8K
    SHARES
  • एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने
    फाइल तस्बिर

    काठमाडौँ : आगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तयारीमा जुटेका विद्यार्थीले  तोकिएअनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ। पूर्वनिर्धारित पाठ्यक्रममा

    कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै  पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने जानकारी  सम्बद्ध अधिकारीले दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डका एसईई तर्फका  

    परीक्षा  नियन्त्रक  रामराज खकुरेलले विद्यार्थीले कक्षा १० मा अध्ययन गर्नुपर्ने भनी तय गरिएको पाठ्यक्रममा सङ्क्षेपीकरण नगरिएको र पूरै  पाठ्यक्रमबाट  प्रश्नसमेत  आउने  जानकारी  दिए ।

    उनले भने, “हामीले पढाउने कुराको सहजताका लागि कुन विद्यार्थी स्वअध्ययन गर्ने र कुन शिक्षकले पढाउने भन्ने हिसाबले सङ्क्षेपीकरण गरिएको हो, परीक्षाका लागि होइन ।”

    विद्यार्थीले सबै  पाठ्यक्रमबाट  प्रश्नपत्र  आउन  सक्छ  भन्ने  हिसाबले परीक्षाको  तयारी अघि बढाउनुपर्ने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # एसईई

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार