यस्तो छ एसईई परीक्षाको तालिका

यस्तो छ एसईई परीक्षाको तालिका

  • फाल्गुण २६, २०७७ बुधवार
  • ०९:०६:५८ बजे
  • 4.5K
    SHARES
  • यस्तो छ एसईई परीक्षाको तालिका
    फाइल तस्बिर

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको समय तालिका सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय मंगलबार गरेको बोर्डले बुधबार परीक्षा तालिकासमेत सार्वजनिक गरेको हो ।

    जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्यर अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ । जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । जेठ १६ गते अनिवार्य गणित र जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

    जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ । २० गते ऐच्छिक गणितको परीक्षा हुने छ ।सो दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ ।

    हेर्नुहोस् एसईई परीक्षाको तालिका

     
     

  • सम्बन्धित विषय:

  • # एसईई

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार