एसईई परीक्षाबारे सरकारको यस्तो नयाँ निर्णय, विद्यालयको मनोमानी अन्त्य !

एसईई परीक्षाबारे सरकारको यस्तो नयाँ निर्णय, विद्यालयको मनोमानी अन्त्य !

  • माघ २७, २०७७ मंगलवार
  • २०:३८:४४ बजे
  • 4.6K
    SHARES
  • एसईई परीक्षाबारे सरकारको यस्तो नयाँ निर्णय, विद्यालयको मनोमानी अन्त्य !
    फाइल तस्बिर

    काठमाडौं : चालू शैक्षिक सत्रदेखि माध्यमिक शिक्षा परीक्षा एसईई पुनः राष्ट्रिय परीक्षा बोर्डले नै लिने निर्णय भएको छ । गत वर्ष कोरोना भाइरस  संक्रमणको महामारीका कारण विद्यालयले गरेको

    आन्तरिक मूल्यांकनको आधारमा नतिजाको ग्रेड निर्धारण भएको थियो । माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् । 

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले भने, ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा

    सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने निर्णय भएको छ ।’

    शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली सरकारको निर्णयले विद्यालयले आफैं मूल्यांकन गर्दा देखिएका समस्या नदेखिने बताएका छन् ।

    कोरोनाका कारण २०७६ चैतमा स्थगित भएको एसईई २०७७ जेठ महिनामा मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेपछि नतिजा प्रकाशन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # एसईई

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार