कस्तो बन्दै छ एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी ?

कस्तो बन्दै छ एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी ?

  • जेठ ६, २०७८ बिहिवार
  • १०:०६:५३ बजे
  • 3.9K
    SHARES
  • कस्तो बन्दै छ एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी ?
    फाइल तस्बिर

    काठमाडाैँ : सरकारले  कक्षा १०  को  माध्यमिक  शिक्षा  परीक्षा  (एसईई) तथा  कक्षा  १२  को  राष्ट्रिय  परीक्षा  कसरी सञ्चालन  गर्ने  भन्ने  सम्बन्धमा  अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना ९कोभिड–१९०को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीमा   बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए । बोर्डले जेठ  १३  गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा  १२  को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो । 

    त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको  छ । बोर्डका अध्यक्ष डा। पौडेलले आफूहरूले कार्यदलकै  अध्ययन  प्रतिवेदन  पर्खेको र त्यसकै  आधारमा  उपयुक्त  विकल्पमा निर्णय गरिने जानकारी दिए ।  कार्यदल वैशाख २७ गते गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समयसीमा दिइएको थियो । 

  • सम्बन्धित विषय:

  • # एसईई

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार