बागलुङ : निसीखोला गाउँपालिकामा एक किशोरको शव फेला परेको छ । निसीखोला गाउँपालिका वडा नम्बर १ का डम्बर कामीका १७ वर्षीय छोरा जोकलाल कामीको शव फेला परेको हो ।
उनको बुधबार मध्यान्न १२ बजे झ्याउरे खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए । २४ गते आफन्तीको निम्तोमा गएका किशोरको बुधबार शव फेला परेको हो ।
कामीको घरभन्दा ३ किलोमिटर टाढा झ्याउरे खोल्सामा बाटोभन्दा २०० मिटर तल शव फेला परेको प्रहरीले जनाएको छ । २ दिनदेखि हराएका कामीको आफन्तले खोजी गर्दा शव फेला पारेको हवारीले बताए ।
मृतक कामीको बुधबारनै पोस्टमार्टम गरि परिवारलाई बझाइएको सूचना अधिकारी हवारीले बागलुङ पोस्टलाई जानकारी दिए । यस घटना बारे अनुसन्धान अगाडी बढाएको उनको भनाई छ ।