निसीखोला बचत तथा ऋण सहकारी र सिवाइसी साकोस एकिकरण हुने

निसीखोला बचत तथा ऋण सहकारी र सिवाइसी साकोस एकिकरण हुने

  • पौष ४, २०७७ शनिवार
  • २१:२७:४० बजे
  • 5.1K
    SHARES
  • निसीखोला बचत तथा ऋण सहकारी र सिवाइसी साकोस एकिकरण हुने

    बागलुङ : निसीखोला गाउँपालिका ५ स्थित निसीखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १० वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

    साधारणसभाले निसीखोला बचत तथा ऋण सहकारी संस्था र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकिकरण गर्न सर्वसम्मत रुपमा पारित गरेको हो ।

    एकिकरण पश्चात एकीकृत संस्था सिवाईसी साकोसको कुल सम्पति १ अर्ब ८० करोड पुग्ने भएको छ । कार्यक्रममा निसीखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव भुमिराज आचार्यद्वारा प्रस्तुत आर्थिक वर्ष .०७६/०७७ को

    प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र शाहीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । 

    कार्यक्रममा सिवाइसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले हाल देशभर सहकारी संस्थाहरु धेरै भएको र सवै सहकारी संस्थाहरुले सदस्यहरुको चाहना अनुरुप सेवा प्रदान गर्न नसक्ने भएकोले संस्था एकिकरण गरी अब्बल सहकारी संस्था बनाई सदस्यहरुलाई गुणस्तरिय सेवा प्रदान गर्नुपर्ने बताए । 

    पौडेलले निसीखोला साकोससँग एकिकरण गरी त्यस क्षेत्रका सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि २०७७ माघ १ देखि सेवाकेन्द्र संचालन गरी सिवाईसी र निसीखोला साकोसको एकिकृत कारोबार सुरु गर्ने बताए । 

    सिवाईसी साकोसका उपाध्यक्ष गण्डकी थापा अधिकारीले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।

    कार्यक्रम निसीखोला साकोसका अध्यक्ष हुतराज भुषालको अध्यक्षता संस्थाका सचिव भुमिराज आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # निसीखोला
  • # सहकारी
  • # सिवाइसी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार