अन्तर सहकारी कारोबारले मात्र सहकारीलाई उचाईमा पु-याउछ : सह–अध्यक्ष पौडेल

अन्तर सहकारी कारोबारले मात्र सहकारीलाई उचाईमा पु-याउछ : सह–अध्यक्ष पौडेल

  • मंसिर २५, २०७७ बिहिवार
  • १४:५३:२९ बजे
  • 6.9K
    SHARES
  • अन्तर सहकारी कारोबारले मात्र सहकारीलाई उचाईमा पु-याउछ : सह–अध्यक्ष पौडेल

    बागलुङ
    राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीहरुले नेपालको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलेको सहकारी क्षेत्रलाई डिजिटल माध्यमवाट कारोवार गर्न आवश्यक रहेको बताएका छन् । 

    बागलुङको सिवाईसी बचत तथा ऋणका सहकारी सस्थाको ११ औ वार्षिक साधारण सभाको अवसरमा बोल्दै पौडेलले अब बैंकमा जस्तै सहकारीहरुबीच पनि विद्युतीय माध्यमबाट अन्तर सहकारी कारोबार  हुने व्यवस्था मिलाउन थालेको बताए । 
     
    हब्स कोअपरेटिभ सर्भिस लि.का अध्यक्ष समेत रहेका पौडेलले एउटा सहकारीबाट अर्को सहकारीमा रकम ट्रान्सफर गर्ने व्यवस्था गरी सहकारीका सदस्यलाई सहज र सर्वसुलभ सेवा दिने तयारी भैरहेको बताए । 

    हब्स मार्फत नेपाल भरको एक सहकारी संस्थामा रहेको सदस्यको बचतलाई अर्को सहकारी संस्थाबाट भुक्तानी लिन र दिन सकिने गरी डिजिटल प्रविधिमा सेवा प्रवाह गर्ने पौडेलले बताए ।
     
    फरक प्रसंगमा पौडेलले सिवाईसी सहकारीले बागलुङमा छरिएको पुजि एकिकृत गरी गरिवि निवारण र वित्तिय क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको बताए ।

    कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीले स्थानीय तहसँग समन्वय गरी उद्यमशीलता विकास र रोजगारी सृजना गर्ने कामपर्ने बताए । सहकारीका संचालन सदस्यमैत्री भएमात्रै सदस्यले सर्वसुलभ सेवा पाउने बताए । 

    कार्यक्रममा हकारीका सल्लाहकार तथा जिल्ला समन्वय समितिका बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, जैमिनी नगरपालिका का नगर प्रमुख इन्द्रराज पौडेल, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम ,बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवाराज  राजभण्डारी, गलकोट सदस्य सेवा केन्द्र संचालक समितिका संयोजक राम वहादुर खत्री लगाएतले शुभकामना राखेका थिए ।

    सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गण्डकी थापा र संचालन सचिव जयराम भारीले गरेका थिए । 

    सहकारीले साधारण सभाको अवसरका उत्कृष्ट वचतकर्ता ,वालवचत कर्ता, असल कारोबारीलाई सम्मान गरेको छ । 

    त्यस्तै उत्कृष्ट सदस्य सेवा केन्द्रको रुपमा उद्यमशील सदस्य सेवा केन्द्र, विहु र उत्कृष्ट कर्मचारीको रुपमा वरेङ सदस्य सेवा केन्द्र वाटाकाचौर का उषा किसानलाई सम्मान गरिएको छ ।    

    सहकारी प्रवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बरेङ गाउँपालिका बागलुङलाई पनि सम्मान गरिएको थियो ।
     

    ७० वर्ष उमेर पुगेका जेष्ठ शेयर सदस्यलाई मासिक १ हजार पेन्सन वितरण गर्दै आएको सहकारीले ११ औ वार्षिक साधारण सभाको अवसरमा ८० वर्ष उमेर पुगेका ३२ जना जेष्ठ शेयर सदस्यलाई व्यक्तिगत तथा स्वास्थ्य उपचार खर्चको लागि जनहि ५ हजारको दरले  १ लाख ६० हजार वितरण गरिएको छ ।

    आर्थिक वर्ष ०७६/०७७ मा सदस्यहरुले बचतमा पाएको व्याज र ऋणमा तिरेको व्याजको अनुपातमा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको संरक्षित पूंजि फिर्ता कोषको रकम २५ लाख ८७ हजार ८सय ५४ मध्ये बचतमा ४० प्रतिशत र ऋणमा ६० प्रतिशतका दरले बिभाजन गरी उत्कृष्ट १० शेयर सदस्यहरुलाई साधारण सभाको अवसरमा रकम वितरण गरिएको छ  । 

    सो अवसरमा बागलुङको चारतारे युवा क्लव नेपाल बागलुङले सबै भन्दा बढी २ लाख ५१ हजार ७ सय २२ संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त गरेका छ ।
     

    जिल्ला भर ११ वटा सेवा केन्द्र र १ केन्द्रीय कार्यलयवाट सेवा दिदै आएको सहकारीले यस पटकको ११ औँ वार्षिक साधारणसभा सेवा केन्द्रमा विस्तारित मञ्च गरी विस्तारित मञ्चबाट छनोट भएका प्रतिनिधि संचालक तथा केन्द्रीय समितिका पदाधिकारीको उपस्थितिमा साधारण सभा सम्पन्न गरेको हो । 

    १५ गतेदेखि २२ गतेसम्म जिल्लाका सदस्य सेवा केन्द्रमा विस्तारित मञ्च गरी सदस्यको सुझाव लिएको थियो । 
    केन्द्रीय साधारण सभाले सहकारीका सचिव जयराम भारीले प्रस्तुत गर्नु भएको प्रगती तथा प्रस्तावित निति तथा कार्यक्रम र कोषाध्यक्ष सीता सापकोटा कँडेलले प्रस्तुत गरेको आर्थिक तथा प्रस्तावित बजेट सर्वसम्वत रुपमा पारित गरेको छ । 

    १२ हजार ६ सय ५ जना शेयर सदस्य , शेयर पुजी २२ करोड ७६लाख , बचत १ अर्ब ३२ करोड ४८ लाख ३२ हजार बचत रहेको छ । 

    लगानीमा रहेको ऋण रकम ९४ करोड ३३ लाख ८२ हजार, कोष ९ करोड ७२ लाख ४५ हजार र सहकारीको कुल सम्पती १ अर्व ७६ करोड ३९ लाख ७१ हजार  बराबरको कुल सम्पती रहेको सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी दिए ।

    हालसम्म २८ वटा संस्था एकीकरण गरेको संस्थाले थप ७ वटा संस्थाहरुसँग एकीकरणको छलफल अघि बढेको जनाएको छ । 

    अल्पकालिन तथा दीर्घकालिन रणनीतिहरु अवलम्बन गरेको संस्थाले आगामी ४ वर्षको व्यवसायिक रणनीतिक योजना अगाडी सार्दै आगामी वर्ष २ अर्व ७ करोड सम्पत्ति र १५ हजार ६ सय शेयर सदस्य पु-याउने निर्णय गरेको छ । 

    साथै २०९० सम्मको दीर्घकालिन योजना बमोजिम ७५ हजार सदस्य र १५ अर्व पुँजी परिचालिन गरी सहकारीमार्फत गरिविको अन्त्य, जिल्लाका युवाहरुको रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ । 

  • सम्बन्धित विषय:

  • # सहकारी
  • # सिवाईसी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार