बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को सेवा केन्द्र गलकोट काँडेवासमा स्थापना गरिएको छ ।
साविक धौलागिरीका जनतालाई वित्तिय सेवादिने उदेश्यले सेवा केन्द्र विस्तार अभियान तिव्र बनाएको बागलुङको सिवाइसी बचत तथा ऋण सहकारीले जिल्लाको गलकोट नगरपालिका ८ काँडेवासमा शाखा विस्तार गरेको हो ।
गाउँगाउँमा वित्तिय सेवा दिने उद्देश्यले गलकोट नगरपालिका–८ काँडेबासमा १४ औ सेवा केन्द्र स्थापना गरेको हो ।
सरकारले छरिएर रहेका सहकारी संस्थालाई एकीकृत गरेर ठूलो मजबुत सहकारी बनाउन निर्देशन दिएपछि धौलागिरि अन्चल भित्रका ३० वटा सहकारी संस्थाबीच एकीकरण गरेर अगाडि बढेको सहकारीले आफ्नो १४ औ सेवा केन्द्रको स्थापना गरी सेवा सुभारम्भ गरेको छ ।
सेवा केन्द्रको उद्घाटन गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सरकारले ल्याएको सहकारी एकीकृत गर्ने अभियानलाई आत्मासाथ गरेर सिवाईसी सहकारीले सकारात्मक काम गरेको बताए ।
छरिएर रहेका पुँजीलाई एकीकृत गरेर ठूलो पुँजी बनाउदै सहकारीका सदस्यको अवस्थामा परिवर्तन गर्न भूमिका खेल्न यसले मद्दत गर्ने नगर प्रमुख गैरेले बताए ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामप्रसाद कँडेल, सिवाईसी साकोसका उपाध्यक्ष गण्डकी थापा अधिकारी, संचालक समितिका सदस्य हर्क पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सिवाईसी साकोस सञ्चार उपसमितिका सदस्य राजेशचन्द्र राजभण्डारी, गलकोट सेवा केन्द्रका सचिव
खिमबहादुर साहनी, काँडेवास सदस्य सेवा केन्द्र ब्यवस्थापन समितिका संयोजक पबित्रा बुढाथोकी समाजसेवी आत्माराम शर्मा लगायतले सिवाईसीले ग्रामिण क्षेत्रमा वित्तिय पहुँच विस्तार गरी छरिएर सहेको पूँजी चलायमान गराएको धारणा राखेका थिए ।
सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य नमकुमारी सापकोटा चालिसे र संचालन सिवाईसी साकोस काँडेबास सदस्य सेवा केन्द्रका सचिव सुशिला गौतम चालिसेले गरेका थिए ।
नेपालमै सबै भन्दा बढी ३० वटा सहकारी संस्थाबीच एकीकरण गरी पुरस्कृत भएको सहकारीमा हालसम्म १३ हजार ३ सय शेयर सदस्य , २३ करोड ५४ लाख ३४हजार शेयर पुजी रहेको छ । कुल बचत १ अरब ३० करोड रहेको सहकारीले ९९ करोड रूपैयाँ ऋण प्रवाह गरेको छ ।
सिवाईसी बचत तथाऋण सहकारी संस्था लिमिटेडले बागलुङका सबै स्थानिय निकायका साथै पर्वत र म्याग्दीमा समेत यहीमाघ २१ र २२ गते सेवा केन्द्र उद्घाटन गर्ने तयारी गरेको छ ।
धौलागिरिलाई कार्यक्षेत्र बनाएको सहकारीले अहिलेसम्म १४ वटा सेवा केन्द्र स्थापना गरिसकेको सहकारीका
अध्यक्षचण्डी प्रसाद शर्माले बताए ।