सिवाईसीले शालिग्रामलाई प्राप्ती गर्न राष्ट्र बैंकको स्वीकृती 

सिवाईसीले शालिग्रामलाई प्राप्ती गर्न राष्ट्र बैंकको स्वीकृती 

  • आषाढ १५, २०७८ मंगलवार
  • १९:५२:१७ बजे
  • 5.2K
    SHARES
  • सिवाईसीले शालिग्रामलाई प्राप्ती गर्न राष्ट्र बैंकको स्वीकृती 

    बागलुङ : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बेनी म्याग्दीलाई प्राप्ती (एक्विजिशन) गर्नका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृती प्रदान गरेको छ । 

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन, २०७३ को दफा ७३ र बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभीने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्वन्धि विनियमावली, २०७३ (चौथो शंशोधन) को अधिनमा रहेर प्राप्ती (एक्विजीशन) प्रक्रिया सम्पन्न गर्न दुवै वित्तीय संस्थालाई अन्तिम स्वीकृती प्रदान गरेको हो । 

    दुवै लघुवित्तहरुको साधारण सभाबाट निणर्य गरे बमोजिम १००ः७२ अनुसार शेयर स्वाप अनुपातमा शेयर पूँजी मिलान गर्न राष्ट्र बैंकले अनुमति प्रदान गरेको हो।

    प्राप्ती (एक्विजीशन)पश्चात लघुवित्तकोे केन्द्रिय कार्यालय बागलुङ बजारमा रहने छ ।

    सम्बन्धित समाचार