बागलुङ : राष्ट्रिय सहकारी बिकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले अव बैंकमा जस्तै सहकारीहरुबीच पनि विद्युतीय माध्यमबाट अन्तर सहकारी कारोबार हुने बताएका छन् ।
सिवाईसी बचत तथा ऋण सहकारीले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बाेल्दै हब्स कोपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष समेत रहेका पौडेलले एउटा सहकारीबाट अर्को सहकारीमा रकम ट्रान्सफर गर्ने व्यवस्था समेटिएको २५ वर्षे रणनीतिक योजना ल्याएको बताए ।
हब्समार्फत नेपाल भरको एक सहकारी संस्थामा रहेको सदस्यको बचतलाई अर्को सहकारी संस्थाबाट भुक्तानी लिन र दिन सकिने, भुक्तानी तथा फछ्यौट, आन्तरिक मनिट्रान्सफर, विल भुक्तानी लगायतका सेवालाई डिजिटल प्रविधिमा जोडिरे सेवा प्रवाह गर्ने पौडेलले बताए ।
उनले मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनमा सहकारीको योगदान महत्वपुर्ण रहेको बताए । कार्यक्रममा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीले उद्यमशीलता विकास र रोजगारी सृजना गर्ने, अन्तर सहकारी, निजी क्षेत्र र समुदायसँगको साझेदारी गरी अगाडी बड्नुपर्ने बताए ।
सिवाईसी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काग्रेस नेता जगदिशचन्द्र उपाध्याय, जिल्ला सहकारी संघका उपाध्यक्ष असोकगोविन्द राजभण्डारी सिवाईसीका पुर्व संचालक जगन्नाथ आचार्य,भुपु सैनिक वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हरी बहादुर भण्डारी, स्वाभिमान वहुउदेश्यीय सहकारीका अध्यक्ष शिवकला थापा लगाएतले बाेलेका थिए ।
सहकारीका उपाध्यक्ष गण्डकी थापा अधिकारीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले गर्नु भएको थियो । सिवाइसी बचत तथा ऋण सहकारीको विहिबार हुने २५ औ वार्षिक साधारण सभाको लागि बागलुङ आउनु भएका पौडेल र ढकालसँग अन्र्तक्रिया गरिएको थियो ।