बागलुङ : जनसेवा सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नम्बर १ पालाकोट बागलुङको पाचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै काठेखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खडक थापाले सानो पूँजीको परिचालनले सहकारी मार्फत जीवन समृद्धि बन्न सक्ने बताए ।
शुत्रबारदेखि सुरु भएको साधारण सभा शनिबार सकिएको हो । संस्थाले काठेखोला १ र बागलुङ नगरपालिका वडा नम्बर ७ लाई कार्यक्षेत्र बनाइ सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा संस्थालाई स्थापना कालदेखि संस्थागत विकासमा पुर्याएको योगदानको भन्दै संस्थाले संस्थापक अध्यक्ष खडक थापा, संस्था विकासका हरेक क्षेत्रमा सहयोग पुर्याउदै
आएका शेयर सदस्य रन बहादुर थापा रनिसलाईसम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट बचत गर्ने दिल बहादुर थापा र खिलनाथ उपाध्याय, असल ऋणि विनोद खत्री र कुशुमवति आचार्यलाई सम्मान गरिएको थियो ।
असल बाल बचतकर्ता रुपमा किस्मत किसान र स्विकृती गौतम, संस्थागत तर्फ उत्कृष्ट बचत गर्ने जनसेवा सामुदायिक सिकाइ केन्द्र पाला र जनएकता महिला समुहलाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै संस्थाको बृद्ध बचत अन्तर्गत तिन जना बृद्धहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव लक्ष्मण थापाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन,
कोषाध्यक्ष कुमारी थापाले आर्थिक प्रतिवेदन र लेखा प्रतिवेदन लेखा संयोजक क्षत्र बहादुर खड्काले प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक वर्षमा दुई करोडभन्दा बढीको कारोबार गरेको सहकारीले जनाएको छ ।
सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै रेमिट सुविधा तथा अनलाइन मार्फत भुक्तानी सेवा दिँदै आएको छ । कर्जा लगानीमा हुनसक्ने सम्भावित दुर्घटनालाई कम गराउने उद्देश्यले यस वर्षदेखि कर्जा बीमा गराउन लागिएको व्यवस्थापक धनमाया श्रीषले जानकारी गराइदिन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाला उपशाखाका सभापति फरिन्द्र गौतम, समाजसेवी उजिर हमाल, भविलाल शर्मा, रन बहादुर थापा, गणेश नेपाली, सल्लाहकार गीता केसी, शारदा शर्मा, गोविन्द प्रसाद उपाध्यायले लगाएतले बोलेका थिए ।
संस्थाका अध्यक्ष लिलाधर गौतमको अध्यक्षता, उपाध्यक्ष गोरे विक स्वागत र चिव लक्ष्मण थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।