निलगिरी सहकारीको १३ औं साधारण सभा  

निलगिरी सहकारीको १३ औं साधारण सभा  

  • मंसिर २८, २०७७ आइतवार
  • ०७:५४:०२ बजे
  • 6.8K
    SHARES
  • निलगिरी सहकारीको १३ औं साधारण सभा  

    बागलुङ : बागलुङ सदमुकाममा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 

    साधारण सभाको उदघा्टन गर्दै संस्थाका सल्लाहकार भुमिश्वर शर्मा गौतमले सहकारी संस्था समुदायमा रहेको पुँजीलाई संकलन गरी हरेक शेयर सदस्यहरुको जिवनस्तरका लागि महत्वपुर्ण रहेको बताए । उनले हरेक शेयर सदस्य संस्थाको मालिक रहेको हुँदा सवैले साझा चौतारी मानेर सहज रुपमा कारोबार गर्नुपर्ने बताए । 

    कार्यक्रममा संस्थाका सल्लाहकार देव शर्मा आचार्य, संस्थाका संचालन समिति सदस्य एवं बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष तेजप्रसाद शर्मा सहकारी दुःख सुखको सारथी भएको बताए  ।  

    साधारण सभामा संस्थाका सचिव मिनबहादुर केसी मिलनको प्रगती प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद शर्माको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक आनन्द प्रसाद शर्माको लेखा प्रतिवेदन सर्व सम्मत रुपमा पारित भएको थियो ।  संस्थामा हाल सम्म २ करोड ९३ लाख ४० हजार ८ सय शेयर पुँजी, ८ सय ७५ जना शेयर सदस्य रहेका छन । 

    कार्यक्रम संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षता, उपाध्यक्ष डिल्लीप्रसाद गौतमको स्वागत र सचिव मिनबहादुर केसीको संचालनमा सम्पन्न भएको थियो । 

     

  • सम्बन्धित विषय:

  • # सहकारी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार