निसीखोलामा सिवाइसीको १२ औ सेवा केन्द्र

निसीखोलामा सिवाइसीको १२ औ सेवा केन्द्र

  • माघ ७, २०७७ बुधवार
  • १९:२९:०३ बजे
  • 4.6K
    SHARES
  • निसीखोलामा सिवाइसीको १२ औ सेवा केन्द्र

    बागलुङ : बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले जिल्लाको निसीखोला गाउपालिका ४ झिवाँ खोलामा १२ औ सदस्य सेवा केन्द्र स्थापना गरेको छ ।

    साविक धौलागिरी अञ्चल कार्यक्षेत्र रहेको सहकारीले बागलुङका सवै स्थानिय तहमा सेवा पु¥याउने उदेश्यले १२ औ शाखा झिवाखोलामा स्थापना गरेको हो ।  सेवा केन्द्रको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गरेका छन्।

    सो अवसरमा बाेल्दै गाउँपालिका अध्यक्ष पौडेलले सहकारीले गाँउपालिकामा छरिएर रहेको पुजिँ एकिकृत गरी रोजगार मुलक क्षेत्रमा परिचालन गर्न सके स्थानिय स्थरमा रोजगारी सृजना हुने बताए ।

    सहकारीको सेवाकेन्द्र संचालन भएपछि गाँउका नागरिकमा वित्तिय पहुच विस्तार भएको बताए । सिवाईसी वचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ४

    का वडा अध्यक्ष टिकानिधि पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष जुन विक्रम शाही, सिवाईसी साकोसका उपाध्यक्ष गण्डकी थापा अधिकारी,

    पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष तथा सिवाईसी साकोस संचार उपसमिति सदस्य राजेशचन्द्र राजभण्डारी, झिम्पा बचत तथा ऋण सहकारीका

    सचिव मिलन हमाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सिवाईसी वचत तथा ऋण सहकारी संस्था निसिखोला सदस्य सेवा केन्द्र संचालन सथा व्यवस्थापन उपसमितिका

    संयोजक हुतराज भुसालले स्वागत गरेकाे कार्यक्रमको संचालन सचिव भूमिराज आचार्यले गरेका थिए । सहकारीले यही माघ महिना भित्र पर्वत, म्याग्दीमा समेत सेवा केन्द्र विस्तार गर्ने जनाएको छ ।

    चालु आर्थिक वर्षमा ३ जिल्लाका १९ स्थानमा सेवाकेन्द्र विस्तार गर्ने तयारी गरेको छ । धौलागिरि अन्चल लाई कार्य क्षेत्र बनाइ अहिलेसम्म ३० वटा सहकारी बिच एकीकरण गरिसकेको सहकारीले स्वदेश मै काम गर्ने युवा

    जनशक्ति लाई सहुलियत दरमा ऋण प्रवाह गरिरहेको सहकारीका अध्यक्ष पौडेलले बताए । सहकारीमा १३ हजार ८९ जना शेयर सदस्य ,२३ करोड २७ लाख शेयर पूँजी र कुल पूजि तथा दायित्व १ अर्व ७० करोड पुगेको छ ।

    कुल बचत १ अरब २६ करोड रहेको सस्थाको लगानीमा रहेको ऋण ९७ करोड २९ लाख छ भने सहकारीको सस्थागत पुजी ७ करोड रहेको सस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले बताए ।

  • सम्बन्धित विषय:

  • # निसीखोला
  • # सिवाइसी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार