सुवास आचार्य
बागलुङ : सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले जिल्लाको जैमिनी नगरपालिकामा एकै दिन दुई वटा सेवा केन्द्र विस्तार गरेको छ ।
बागलुङका सबै स्थानिय तहमा सेवा विस्तार गरेको सहकारीले वडा स्तरमा सेवा विस्तार थालेको हो । सोमबार बागलुङको जैमिनी नगरपालिका वडा नम्वर ७ जैदीको चौर र वडा नम्वर ६ अर्जेवाको ओख्लेमा १५ औ र १६ औ सेवा केन्द्र विस्तार गरेको छ ।
जैमिनीनगरपालिकाको सेवा केन्द्र उद्घाटन गर्दै नगर प्रमुख इन्द्रराज पौडेलले सहकारी मध्य
सिवाईसी जिल्लाको फरक पहिचान बोकेको सहकारी रहेकोले सदस्यको सन्तुष्टीको लागी सहकारी क्रियाशिल रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव नवराज पौडेल, जैमिनी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष विजयअधिकारी, सिवाइसी साकोसका संचालक कृष्ण रिजाल, शेयर सदस्य दिपेन्द्र अधिकारी लगायतले बोल्नु भएको थियो ।
सिवाईसी वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा
सम्पन्न कार्यक्रममा स्वागत जैदी सदस्य सेवा केन्द्रका संयोजक मोहराज शर्मा र संचालन हरीनारायण पौडेलले गर्नु भएको थियो ।
यस्तै १६ औ सदस्य सेवा केन्द्र अर्जेवाको उद्घाटन गर्दे सिवाईसी वचत तथा ऋण सहकारी
सस्था लिमिटेडका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सिवाईसी वचत तथा ऋण सहकारीले जिल्लाका दुर दराजका सवै नागरिकलाई वित्तिय र गैर वित्तिय सेवा दिन सहकारी स्थापना भएको वताउनु भयो ।
बचत गर्ने बानीको विकास नहुँदा गरिबी झेल्नु परेकोले गरिबी अन्तको लागि सहकारीले काम गर्ने वताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेल, जनशिक्षित माविका प्रअ
नारायण चालिसे, सिवाइसी साकोस केन्द्रीय संचालक कृष्ण प्रसाद रिजाल, जैमिनी ६ का वडा सदस्य केशवराज शर्मा, पत्रकार सुजन प्रेमी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थिए ।
कार्यक्रम सिवाइसी वचत तथा ऋण सहकारी सस्था अर्जेवा सेवा केन्द्रका संयोजक दलबहादुर थापाको अध्यक्षता केन्द्रीय संचालक समितिका सहसचिव सुवास आचार्यको स्वागत र संचालन अर्जेवा सेवा केन्द्रका सचिव वेमकुमारी थापाले गर्नु भएको थियो ।
बागलुङ जिल्लाका १६ स्थानमा सेवा विस्तार गरेको सहकारीले आगामी २१ र २२ गते म्याग्दी र पर्वतमा सेवा केन्द्र विस्तारको तयारी गरेको अध्यक्ष पौडेलले वताउनु भयो ।
१३ हजार ४ सय ७७ शेयर सदस्य रहेको सहकारीमा शेयर पूजी २४ करोड ६ लाख ४० हजार, वचत १ अर्व २७ करोड १६ लाख ३९ हजार रहेको भने कुलपूजी १ अर्व ७२ करोड ३ लाख २५ हजार रहेको छ ।
सेवा केन्द्र उद्घाटन क्रममा अर्जेवा र जैदीमा एकै दिन ७५ जना नयाँ शेयर सदस्य बनेका थिए ।