बागलुङ : बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जिल्ला बाहिर सेवा केन्द्र विस्तार सुरु गरेको छ । सहकारीले बुधबार पहिलो पटक जिल्ला बाहिर म्याग्दीको सदरमुकाम बेनी बजारमा सेवा केन्द्र स्थापना गरेको हो ।
बेनीमा रहेको नमस्ते बचत तथा ऋण सहकारी एकिकरण गरी आफ्नै भवनबाट सेवा केन्द्र संचालनमा आएको छ । बागलुङ बजारमा केन्द्रीय कार्यलय रहेको सहकारीले १७ औ सदस्य सेवा केन्द्र बेनी बजारमा स्थापना गरेको हो । शाखाको संविधान सभा सदस्य एवं सस्थाका सल्लाहकार नवराज शर्माले उद्घाटन गरेका छन् ।
सहकारीले म्याग्दीमा एटिएम सहितको सेवा केन्द्र स्थापना गरेको छ । सेवा केन्द्र उद्घाटन कार्यक्रममा वोल्दै संविधानसभा सदस्य नवराज शर्माले मुलुकको अर्थनीतिमा सरकारले सहकारी क्षेत्रलाई पनि एक खम्बाको रुपमा राखेपछि यो क्षेत्र फस्टाएको भन्दै सिवाईसी सहकारीले पछिल्लो समय वित्तीय सेवामा फड्को मारेको बताए ।
सदस्यको मागका आधारमा सिवाइसी सहकारीले सवै खालका वित्तिय सेवा दिन सफल भएको वताउनु भयो । सफ्टवेयरमार्फत डिजिटल कारोबार,एटिएम एप्स र मोवाईल बैकिङ मार्फत सिवाईसीले आफूलाई धौलागिरी क्षेत्रमा अब्बल स्थापित गरेको वताउनु भयो ।
सिवाईसी वचत तथा ऋण सहकारी सस्थाका केन्द्रीय संचालक समितिका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र केसी बेनी नगरपालिकाका उप प्रमुख सञ्जु बरुवाल,सहकारीका केन्द्रीय सल्लाहकार सिता शर्मा, केन्द्रीय सह सचिव सुवास आचार्य, बेनी सदस्य सेवा केन्द्रका परामर्शदाता सन्तोष रावल, सहकारी संघका म्याग्दीका पुर्व अध्यक्ष सुदर्शन श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सिवाईसी वचत तथा ऋण सहकारी सस्था लिमिटेड बेनी सदस्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन उपसमितिका संयोजक तुलसीनाथ सुवेदीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सिवाईसी बचत तथा ऋण सहकारी सस्था लि.का केन्द्रीय उपाध्यक्ष गण्डकी थापा अधिकारीले गरेका थिए ।
सिवाइसी सहकारीले परम्परागत सोचाइलाई तोड्नै सेवामा विविधीकरण र प्रभावकारी बनाएको छ । एटिए तथा मोबाइल बैंकिङ सुविधा,क्युआरकोड ट्यावलेट बैकिङ मार्फत छिटो, छरितो र आधुनिक बैंकिङ सेवा दिन सहकारी अब्बल बन्दै गएको छ ।
अर्बौं रुपैयाँको कारोबार तथा लगानी, पर्याप्त सेवा केन्द्र (शाखा) लगायतबाट सहकारी संस्थाहरुले सेवा दिए पछि सहकारीमा सदस्य वन्नेको लहर चलेको छ । आफ्ना सदस्यलाई छिटोछरितो सेवा दिनका लागि बागलुङ र म्याग्दीमा गरी १७ वटा सेवा केन्द्र विस्तार गरेको र शुक्रवार पर्वत सदरमुकाममा सेवा विस्तार गरिने र माघ महिना भित्र २१ ठाँउ वाट सेवा विस्तार गर्ने तयारी गरेको सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले बताए।
सहकारीको एटिएमबाट एसटिसी नेसनल नेटवर्कका साथै अन्य एटिएम काउन्टर वाट नेपालभरका बैंक तथा वित्तिय सस्थाका एटिएमवाट पैसा निकाल्न सकिने व्यवस्था मिलाएको सहकारीले जनाएको छ । परिवर्तित समय अनुसार सदस्यको सन्तुष्टीको लागी डिजिटल कारोबारलाई प्राथमिकता दिएको समेत जनाइएको छ ।
सहरदेखि गाउँसम्म हुदा खाने र हुने खाने नागरिको आर्थिक हैसियत वढाउन सहकारी लागी परेको जनाएको छ । १३ हजार ५ सय शेयर सदस्य २४ करोड १५ लाख शेयर पूजी, १ अवर २७ करोड २० लाख वचत र १ अवर ७२ करोड कुल पूजी रहेको जनाएको छ ।