बुर्तिबाङ : निसीखोला गाउँपालिकाले चैत्र १० गते हिँउदे अदिवेशन गर्ने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले चैत्र १० गते हिँउदे अधिवेशन गर्ने र विधि नीति कार्यक्रम अगाडी बढाउने निर्णय गरेको अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।
बैठकको निर्णय अनुसार अधिवेशनबाट अपाङ्गता सम्बन्धी कार्यविधी, आर्थिक सहायता कार्यविधी, कार्यालय सञ्चालन कार्यविधीसँगै कानुन निर्माण र आर्थिक वर्ष २०७७/७८ मा विनियोजित योजनाको संशोधन लगायतका विषयममा छलफल गर्ने निर्णय भएको पौडेलको भनाई छ ।
गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष सोभाकुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य, लगाएतको सहभागिता रहेको थियो ।