माओवादीका मन्त्री किन हटाउँन चाहँदैनन् मुख्यमन्त्री ?

माओवादीका मन्त्री किन हटाउँन चाहँदैनन् मुख्यमन्त्री ?

  • चैत्र ४, २०७७ बुधवार
  • १६:०८:३२ बजे
  • 3.7K
    SHARES
  • माओवादीका मन्त्री किन हटाउँन चाहँदैनन् मुख्यमन्त्री ?

    पोखरा : गण्डकी प्रदेशका २ जना मन्त्री नेकपा माओवादी केन्द्रका छन् । माओवादी केन्द्रबाट प्रदेशसभा निर्वाचनमा तनहुँ र गोरखाबाट निर्वाचित भएका २ जना गण्डकी प्रदेशमा २ वटा मन्त्रालय सम्हालिरहेका छन् ।

    सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट साविककै माओवादी केन्द्रको हैसियतमा फर्किएका तनहुँका हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानून मन्त्री छन् भने गोरखाका लेखबहादुर थापा कृषि तथा सहकारी मन्त्री छन् ।

    साविक नेकपा प्रचण्ड-नेपाल समूहमा देखिएका दुबै जना मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पनि सरकारको कदमविरुद्धमा लागेका थिए ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई न कहिल्यै विरोध गरे न कुनै बाधा अड्चन नै खडा गरे । आफ्नो समूहको बाहुल्यता रहेको गण्डकी प्रदेशमा पार्टीकै नेता कार्यकर्ताले उनीहरुलाई

    हटाएर आफ्नै समूहकालाई मन्त्री बनाउन मुख्यमन्त्री गुरुङलाई दबाब पनि दिए थिए । पार्टीका नेता कार्यकर्ताको दबाब खेपेर पनि उनीहरुलाई मन्त्रीमण्डलबाट चलाउन चाहेनन् । अहिले सर्वोच्चबाट पूर्ववत पार्टीको मान्यता

    पाएपछि पनि मुख्यमन्त्री गुरुङले उनीहरुलाई हटाउन नचाहेको सचिवालयका एक सदस्यले बताए । नैतिकताका आधारमा आफै छाडेर गएमा राष्ट्रिय जनमोर्चाबाट एउटा मन्त्री बनाइदिने योजना गुरुङको रहेको स्रोतले बतायो ।

    आन्तरिक मामिला मन्त्री चुमानले भने केन्द्रकाअनुसार समीकरण बन्ने भएकाले अहिले मन्त्रीबाट राजीनामा दिने सोंच नभएको बताए । अहिले आफूहरुलाई कतैबाट पनि पद छाड्नुपर्ने दबाब नआएको मन्त्री चुमानले बताए ।

    ६० सदस्य रहेको गण्डकी प्रदेशको प्रदेशसभामा नेकपा एमाले ओली समूहका मात्रै २७ सदस्य छन् । राष्ट्रिय जनमोर्चाका ३ सदस्य भए पुग्ने ठानेका मुख्यमन्त्री गुरुङले आफूलाई कतैबाट बाधा ब्यवधान नआउँदासम्म कसैलाई नचलाउने मनस्थितिमा रहेका छन् ।

    गण्डकी प्रदेशसभामा खनाल-नेपाल समूहका १ जना मात्रै सदस्य छन् भने माओवादी केन्द्रका ११ जना सदस्य रहेका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका १५ जना, जनमोर्चाका ३, नयाँ जनता समाजवादी पार्टीका २ र एक जना स्वतन्त्र सदस्य छन् ।

  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार