बुर्तिबाङ : ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ स्थित खप्तरीबाङ, घम्चिन, स्वरबोट, झिँगलबारी टोलबाट शुक्रबार तीन दर्जन नेता कार्यक्रता माओवादी केन्द्र परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
कम्युनिष्टहरु देशलाई बर्वाद पार्ने र आफ्नो दुनो सोझो बनाउने खेलमा मात्र तल्लिन भएको र गरिब, सर्वहारा जनताको समस्या कहिल्यै भन्दै आफुहरुले माओदावी पार्टी परित्याग गरि लोकतान्त्रीक पार्टी नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका छन् ।
नेकपा माओवादीका सक्रिय कार्यक्रताको रुपमा रहेका हेमबहादुर विश्वकर्मा, थम्मन विश्वकर्मा, जुद्ध विक, थम्मन वि.क, जालप्रसाद विक लगायत ३६ जना नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँरले बताए ।
आफुहरु कुनै प्रलोभनमा नभई जनताको लोकतान्त्रीक पार्टीमा प्रवेश गरेको बताउँदै सक्रिय पूर्वक अगाडी बढ्ने हेमबहादुर विश्वकर्माले बताए । कम्युनिष्टले मुलुकको विकासका लागि काम नगरेको हुँदा नेपाली काँग्रेसमा प्रवेश गरेको उनले बताए ।
कार्यक्रमकामा नेपाली काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँरले कम्युनिष्टले मुलकुको विकास गर्नुको सट्टा जनतालाई झुक्याउने र सत्तामा पुग्ने मात्रै गरेको आरोप लगाए । कम्युनिस्टले स्थानीय तहदेखि केन्द्रसम्म झुटको खेति गरेको आरेप लगाए ।
नव प्रवेशीलाईहरुलाई साधारण सदस्यता हस्तान्त्रण समेत गरिएको छ । महाधिवेशन प्रतिनिधी जित शेरचनले आफनो स्वार्थका कारण लोभ र पदमा झुमिरहेको कम्युनिष्ट सरकारले जनताको भलो हुने कुनै काम गर्न नसक्ने बताए ।
उनले ५० वबर्ष शासन गछौँ भनेर सत्तामा गएको तीन बर्ष नहुँदै जनताको काम गर्न नसकी आफै सकिन थालेको शेरचनको भनाई छ । काँग्रेसमा प्रवेश गरेका थम्मन विश्वकर्मा, थम्मन वि.क, लगाएतले मन्तव्य राखेका थिए ।
नेपाली काँग्रेस ढोरपाटन नगर सभापती सालिकराम सर्माको अध्यक्षता, प्रदेश सभा २ खका सचिव दिपेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।