बागलुङ : बागलुङको बरेङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । दुर्घटना आइतबार बिहान ९ बजे भएको थियो । गुल्मीको शान्तिपुरबाट सडक निर्माणका लागि सामग्रीहरु लिएर बरेङ तर्फ आउँदै गरेको ध १ त ४८२ नम्बरको ट्याक्टर सल्लेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि भएका खोटाङको हलेशी गाउँपालिका वडा नम्बर ५ का चालक १८ वर्षीय केवल महरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि पाल्पा पाठाईएको इलाका प्रहरी कार्यालय बरेङका प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिए ।
दुर्घटनामा दैलेखको नारायणी नगरपालिका वडा नम्बर ६ का हस्त बहादुर मगर र उनको श्रीमती मनिसा मगरको गुल्मीको शान्तिपुर उपचार भैरहेको प्रहरीले जनाएको छ ।