दुर्घटना

गलकोटमा एकै दिन तीन दुर्घटना, ८ जना घाइते

गलकोटमा एकै दिन तीन दुर्घटना, ८ जना घाइते

  • चैत्र १९, २०७७ बिहिवार
  • १८:३८:०२ बजे
  • 9.3K
    SHARES
  • गलकोटमा एकै दिन तीन दुर्घटना, ८ जना घाइते
    दुर्घटना ग्रस्त ट्याक्सी

    गलकाेट : गलकोट नगरपालिका वडा नम्बर ३ को हटियादेखि डाडाखेत तर्फ जादै गरेको ध १ ज ७८२ नम्बरको ट्याक्सी दुर्घटना भएको छ । दुर्घटना हुँदा ४ जना घाईते भएको गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए । 

    घाईते हुनेमा गलकोट नगरपालिका वडा नम्वर ३ का २२ वर्षीया पशुपति दर्जी र उजका श्रीमान २५ वर्षीय तेजेन दर्जी, गलकोट नगरपालिका वडा नम्वर ३ निवासी २१ वर्षीय सरिता भण्डारी र चालक गलकोट नगरपालिका वडा नम्वर २ का मनोज भण्डारी रहेका छन् । घाईतेको हात तथा टाउकोमा चोट लागेको छ ।    

    घाईते ४ जनाकै अहिले गलकोटको हटिया स्थित ईमरजेन्सी पोलिक्लिनिक प्रालिमा उपचार भैरहेको प्रहरी चौकी हटियाले जनाएको छ । साँझ ५ बजेको दुर्घटना भएको ट्राफिक प्रहरी हेमलाल पुरी जानकारी दिए । तीव्र गतिको कारण अनियन्त्रित हुदा ट्याक्सी सडकको कुनामा रहेको ढुङ्गामा ठोक्किएको प्रहरीले जनाएको छ ।

    यस्तै गरि बिहिबार बिहान नगरपालिका ३ बौराचौतारामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि पोखरा पठाइयको छ । त्यसै गरि आजै दिउँसो गलकोट नगरपालिका २ नरेठाटी तोरिखोला मा पिक अप जिप दुर्घटना भएको छ ।

    दुर्घटनामा  २ जना घाइते भएको र घाइतेहरुको इमर्जेन्सी पोलिकिल्निकमा उपचार भै रहेको गल्कोट नगरपालिका २ का वडा सदस्य भत्तबहादुर घर्तीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार