गलकोट : गलकोट नगरपालिकामा नगरस्तरिय संकट व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरोकारवालको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले विश्वव्यापी रुपमा कोभिङ–१९ को संक्रमण दर बृद्धि भईरहेको र गरि
छिमेकी मुलुक भारतबाट नागरिक नेपाल आउने क्रम जारी रहेकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षालाई कडाई गर्ने निर्णय गरेको छ । नेपाल सरकार, तथा जिल्ला प्रशासन कार्यालय बागलुङको निर्णयहरुलाई कडाईका साथ कार्यान्वयन गर्ने समेत निर्णय गरेको गलकोट नगरपालिकाका
प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले जानकारी दिए । कोभिङ–१९ को जोखिम न्युनिकरणको लागि सम्भावित बिरामीहरुलाई नगरपालिका मार्फत स्वाव परीक्षणको व्यवस्था गर्ने, नगरपालिका, वडा कायालय, बैंक तथा वित्तीय सस्था तथा अन्य कार्यालयहरुमा स्वास्थ्य मापदण्ड कायम गर्ने निर्णय भएको हो ।
नगरपालिका भित्र संचालनमा भएका विद्यालयमा स्वास्थ्य सुरक्षाकाका मापदण्ड पुर्ण रुपमा पालन गर्न लगाउने, वनभोज तथा भिडभाड हुने कार्यक्रम, मेला, महोत्सवहरु २०७८ वैशाख १ गते भित्र सम्पन्न गर्न आग्रह गर्ने भएको छ । २०७१ बैशाख १ गते देखि नगर भित्र खुला रुपमा कुनै पनि औपचारिक कार्यक्रम
संचालन नगर्ने गरि पत्राचार गर्ने निर्णय भएको प्रशासकीय अधिकृत तुल बहादुर बिकले जनाकारी दिए । उनका अनुसार सुरु भएका खेलकुदका कार्यक्रम सम्पन्न गर्ने तर नयाँ कार्यक्रमको योजना नबनाउन सबै संघ सस्थालाई जानकारी दिने, कार्यक्रम स्थगत गर्न आग्रह गर्ने तथा बैशाख १ बाट कार्यक्रम
संचालनमा रोक लगाउने निर्णय भएको छ । बैठकले होटल व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी व्यवसाय संचालन गर्ने लगाउने र बेलुकी ९ बजेपछि व्यवसाय संचालन गर्न नदिने भएको छ ।
संकट व्यवस्थापन समितिको निणर्य प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरस्तरीय
अनुगमन समति तथा वडा स्तरीय समिति गठन गर्ने निर्णय गरेको हो । नगर प्रमुखको संयोजकत्वमा ६ सदस्यीय नगरस्तरिय तथा प्रत्येक वडाका वडा अध्यक्षको संयोजकत्वमा ५ सदस्यीय वडा स्तरिय अनुगमन समिति गठन गरिएको छ । बैठक नगरस्तरिय संकट
व्यवस्थापन समितिका अध्यक्ष तथा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता तथा प्रशासकिय अधिकृत तुल बहादुर बिकको संचालनमा सम्पन्न भएको थियो ।