फोहोर व्यवस्थपन

नयाँ प्रबिधि मार्फत फोहोर व्यवस्थपन गर्दै गलकोट नगर

नयाँ प्रबिधि मार्फत फोहोर व्यवस्थपन गर्दै गलकोट नगर

  • फाल्गुण ९, २०७७ आइतवार
  • २१:४९:३६ बजे
  • 8.1K
    SHARES
  • नयाँ प्रबिधि मार्फत फोहोर व्यवस्थपन गर्दै गलकोट नगर
    गलकोटको हटिया बजार

    गलकोट : गलकोटमा फाहोर संकलन तथा प्रसोधन केन्द्रमा रिसाईकल मेशिनको सफल परिक्षण भएको छ । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोट फाहोर संकलन तथा प्रशोधन मेसिन संचालन गरि परिक्षण गरेका हुन् । 

    गलकोट नगरपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा २२ लाख रुपैयाँ लगानी गरि रिसाईकल केन्द्रको लागि आवश्यक भौतिक संरचना निर्माण गरेको थियो भने चालु आर्थिक वर्षमा ५ ओटा मेशिन खरिद गरि सचालनको तयारी गरेको नगरपालिकाले जनाएको छ ।

    ‘नगरपालिका क्षेत्रमा फोहोर व्यवस्थापनको लागि डम्पीङ साईड बनाउनु उचित देखेनौं, बजार क्षेत्रलाई प्रदुषित हुनबाट जोगाउनका लागि फोहोरलाई रिसाईकल गर्ने योजना अनुसार रिसाईकल केन्द्र निर्माण गरेका हौं । नगर प्रमुख गैरेले भने । ‘

    नगरपालिकाले मासिक २० हजार भाडा तिर्ने गरि वडा नम्बर ९ मसुरवारीमा जग्गा भाडामा लिएरसंरचना निर्माण गरेको गरिएको छ । तत्काल बजार क्षेत्रबाट बढि मात्रामा निस्कने प्लाष्टिक जन्य फोहोरलाई संकलन गरि कच्चा सामग्री बनाउने गरि व्यवस्थापन गरिएको गैरेले बताए । 

    नगरपालिकाले फोहोर व्यवस्थापन गर्न विभिन्न ऐन तथा कार्यविधी समेत निर्माण गरिसकेको गैरेको भनाई छ । कडा खालको प्लाष्टिक, बोतल लगाएतका कागज जन्य फोहोरलाई पेल्ने गरि ५ ओटा मेसिन संचालन गरि परिक्षण गरिएको वडा नम्वर ३ का अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिए । 

    भण्डारीका अनुसार चालु आर्थिक वर्षमा मेसिन खरिद, विद्युतको लाईन बिस्तार तथा जडान गरि करिब १० लाख बराबरको काम भएको छ । उहनले केही दिनमा फोहोर संकलन केन्द्रको औपचारिक रुपमा उद्घाटन गरि संचालनमा ल्याउने जानकारी दिए ।

    धौलागिरिमै पहिलो पटक फोहोर रिसाईकल गर्ने प्रबिधीलाई आत्मसाथ गर्न लागेको गलकोट नगरपालिकाले क्रमिक रुपमा प्लाष्टिकसंगैं रबर लगाएतका फोहोज जन्य वस्तुलाई रिसाईकल गर्ने योजना बनाएको छ । 

    प्लाष्टिकको फोहोरबाट कच्चा सामग्री उत्पादन गरि विक्री गर्ने योजना अनुसार केन्द्रको काम संचालन भएको हो । नगरपालिकाले बजार क्षेत्रबाट निस्कने फोहोरको व्यवस्थापन गर्न, बजार व्यवस्थापन समिति, टोल विकास समितिसंग सहकार्य गर्ने बताइएको छ । 

    बजार क्षेत्रमा  ट्याक्टर संचालन गरि फोहोर संकलन गर्ने तयारी गरेको गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष भण्डारीको भनाई छ । बजार क्षेत्रमा कुहीने, नकुहीने, फोहोरलाई छुट्टा छुट्टै राख्न भनेको भन्दै प्रचारप्रसार गरेको उनको भनाई छ ।

    केही दिनमै बार अनुसार फोहोर संकलन गरिने भण्डारीले बताए । घरघरमा कौसी खेती संचालन गर्न स्थानीयलाई उत्साहित बनाउने र कुहीने फोहोरलाई मलको रुपमा प्रयोग गर्न आग्रह उनको भनाई छ । 

    गलकोट नगरपालिकाले सफा तथा सुन्दर नगर निर्माण तथा फोहोर संकलन तथा प्रसोधन गरि फोहोरलाई मोहोरमा बदल्न गलकोट फोहोर संकलन तथा प्रसोधन केन्द्र स्थापना गरि सरकारी निजी साझेदारिमा संचालन गर्न लागेको हो ।

    करिब ४० लाखको लागतमा स्थानीयलाई रोजगारि दिने तथा फोहोर सामाग्री प्रसोधन गरि आम्दानीको स्रोत बनाउने योजना अनुसार संकलन तथा प्रसोधन केन्द्र ब्यबस्थापनको काम संचालन गरिएको गलकोट नगरपालिकाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गलकाेट नगरपालिका
  • # गलकाेट

  • ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार