संकटमा सहयाेग

गलकोट र ताराखोलालाई ८ लाखको स्वास्थ्य सामग्री सहयोग 

गलकोट र ताराखोलालाई ८ लाखको स्वास्थ्य सामग्री सहयोग 

  • जेठ १०, २०७८ सोमवार
  • १९:५०:३८ बजे
  • 6.0K
    SHARES
  • गलकोट र ताराखोलालाई ८ लाखको स्वास्थ्य सामग्री सहयोग 

    घनश्याम गौतम, गलकोट : गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई स्वर्गभूमि फाउण्डेशन गलकोट हरिचौरको संयोजनमा अक्सिजन सहितका स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि फाउण्डेशनका प्रतिनिधि ईल्शन थापासहित विभिन्न संस्थाका प्रतिनिधीहरुले नगर प्रमुख भरत शर्मा गैरे र गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । 

    कोरोना भाईरसको संक्रमणको कारण अप्ठ्यारोमा रहेका नागरिकको उपचारको लागि नगरपालिका गाउँपालिकाले संचालनमा ल्याएको अस्थाई कोरोना अस्पतालका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको हो । विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिगत रुपमा सहयोग संकलन गरि करिव ८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको स्वर्गुभमि फाउण्डेशनका अध्यक्ष भुपिन्द्र खत्री जानकारी दिए । गलकोट क्षेत्रबाट रोजगारी, अध्ययन तथा व्यवसायको

    लागि स्वदेश तथा विदेशमा रहेका गलकोटेहरुसँग हातेमालो गर्दै सहयोग जुटाएर अस्पताललाई सामग्री पठाएको उनको भनाइ छ । फाउण्डेशनको संयोजनमा गलकोट समाज जापान, गलकोट धुम्टे बिकास मञ्च काठमाडौं, बागलुङ गलकोट महिला समुह काठमाडौं,  गलकोट समाज अष्टेलिया, बागलुङ सेवा समाज क्यानडा गलकोट समाज युके, निलुवा समाज चमुवा जापान लगाएतका सामाजिक संघ सस्था तथा मनकारी व्यक्तिबाट सहयोग संकलन गरि स्वास्थ्य सामग्रीको

    व्यवस्था गरेको फाउण्डेशनले जनाएको छ । गलकोट नगरपालिकाको लागि ७ वटा र ताराखोला गाउँपालिकाको लागि ३ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । जस मध्ये गलकोट समाज युकेले ३ ओटा अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामाग्री खरिद गरी २ ओटा गलकोट नगरपालिका र १ ओटा ताराखोला गाँउपालिकालाई सहयोग प्रदान गरेको गलकोट समाज युकेका प्रतिनिधि तेज भण्डारीले जानकारी दिए ।  फाउण्डेशनको संयोजनमा गलकोट नगरपालिकामा

    अक्सिजन फ्लो मिटर १६ ओटा, रेगुलेटर १६ ओटा, सर्जिकल माक्स २४ थान, एन ९५ माक्स ६८ ओटा, अक्सिजन कि ५ ओटा, फेस शिल्ड ३० ओटा, पल्स अक्सीमिटर २० ओटा, अक्सीजन माक्स २० ओटा, हाईफ्लो माक्स ७ ओटा, पिपिई सेट १५ ओटा, लगाएतका बिभिन्न प्रकारका औषधीहरु सहित २१ प्रकारका स्वास्थ्य सामवग्रीहरु हस्तान्तरण गरिएको थियो । त्यस्तै ताराखोला गाँउपालिकामा अक्सिजन फ्लो मिटर ४ ओटा, रेगुलेटर ४ ओटा, सर्जिकल माक्स १४ थान,

    एन ९५ माक्स ३० ओटा, अक्सीजन कि ३ ओटा, फेस शिल्ड २० ओटा, पल्स अक्सीमिटर ४ ओटा, अक्सीजन माक्स ४ ओटा, हाईफ्लो माक्स ३ ओटा, पिपिई सेट १० ओटा, लगाएतका बिभिन्न प्रकारका औषधीहरु सहित २० प्रकारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको फाउण्डेशनका स्वास्थ विभाग प्रमुख डा. बोधराज गौतमले जानकारी दिए । स्वास्थ्य सामाग्रीहरु ग्रहण गदैं गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले स्वदेश तथा विदेशमा छरिएका गलकोटेहरुसँग

    हातेमालो गर्दै सहयोग जुटाएर स्वास्थ्य सामग्री प्रदान गरेकामा धन्यबाद व्यक्त गरे । महामारी रोकथाम तथा नियन्त्रणको लागि आगामी दिनमा समेत सबै गलकोटे समाजिक संघ सस्था संग नगरपालिकाले आवश्यक सहकार्य गर्ने बताए । 
    ताराखोला गाँउपालिाका अध्यक्ष प्रकाश घर्ती मगरले कोरोना महामारीको समयमा संक्रमितको उपचारको लागि सहयोग गर्ने सहयोगदाताहरुको उद्देश्य र मर्म अनुसार स्वास्थ्य सामग्रीको सहि सदुपयोग गर्ने प्रतिबद्दता व्यक्त गरे ।

    अत्याधिक रेमिटेन्स भित्रीने क्षेत्रको रुपमा परिचित गलकोटमा कोरोना माहामारीको समयमा सामान्य सिटामोल, अस्पतालमा बेड, अक्सिजन, औषधीको अभावका कारण संक्रमितहरू उपचार नपाएर ज्यान  गुमाउन नपरोस भन्ने लक्ष्य राखेर स्वास्थ्य सामग्री सहयोग अभियान संचालन गरिएको फाउण्डेशनले जनाएको छ ।

    सम्बन्धित समाचार