ताराखोला : ताराखोला गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य ओमबहादुर घर्ती लामो समयदेखि मृगौलामा समस्या आएपछि उपचाररत छन् । उनको मृगौला प्रत्यारोपण गर्ने तयारि भैरहेको छ । प्रत्यारोपणका लागि मृगौला उनको दाई दमप्रसाद घर्तीले दिने भएका छन् ।
उपचार गर्नेको लागि धेरै रकम आवश्यक पर्ने भएकोले नवशृजना युवा क्लव तारा ४ र लोक सम्पदा अनुसन्धान केन्द्र ताराखोलाले संयुक्त रूपमा आर्थिक रकम संकलनका लागि सामाजिक संजालबाट अभियान संचालन गरि देशविदेश रहेका नेपालि मार्फत रकम संकलन गरिएको थियोे ।
लोक सम्पदा र नवशृजना युवा क्लवले संकलन गरेको १४ लाख ४७ हजार ६ सय ७८ रकम उनकी धर्मपत्नी पदमा घर्ती मगर लाई सहयोग रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले पीडितको स्वास्थ्य लाभको कामना गर्दै सहयोगीहरुले धन्यबाद दिए ।
कार्यक्रममा प्रशासकीय अधिकृत राम प्रसाद शर्मा र वडा नम्बर २ का अध्यक्ष भद्र बहादुर घर्ती मगरले बोलेका थिए । कार्यक्रम लोक सम्पदाका अध्यक्ष यमबहादुर घर्तीको अध्यक्षता नवशृजना युवा क्लवका प्रथम उपाध्यक्ष दिवि घर्ती मगरको स्वागत तथा अध्यक्ष पुर्णभद्र निउरेको संचालनमा रकम हस्तान्तरण सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य, नवशृजना युवा क्लवका पदअधिकारी र लोक सम्पदाका सदस्यहरुको सहभागिता रहेको थियो । क्लवले देश विदेशमा रहेका नेपालीहरुबाट सहयोग संकलन गरेको थियो ।