ताराखोलामा पहिरोले विद्यालयसहित सात घर उच्च जोखिममा

ताराखोलामा पहिरोले विद्यालयसहित सात घर उच्च जोखिममा

  • आषाढ ३, २०७८ बिहिवार
  • १७:३१:४६ बजे
  • 9.0K
    SHARES
  • ताराखोलामा पहिरोले विद्यालयसहित सात घर उच्च जोखिममा

    पूर्णभद्र निउरे, ताराखोला अविरल वर्षाका कारण ताराखोला गाउँपालिकाको विभिन्न स्थानमा पहिरोले क्षति पु¥याएको छ । पहिरोले क्षति पु¥याएको क्षेत्रमा गाउँपालिकाको टोलीले अनुगमन गरेको छ । घटनास्थलमा गाउँपालिका अध्यक्ष सहित जनप्रतिनिधि, प्रहरी कार्यालय लगायतको टोलीले क्षति पुगेको स्थानको

    अवलोकन गरि विस्तापित परिवारलाई खाद्यान्न सामग्री, भाडावर्तन र त्रिपाल सहयोग गरेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । वडा नम्बर ५ को भिरकुनामा घरदेखि  करिब ५० मिटर माथिबाट आएको पहिरोले लिल बहादुर सुनार, टिकाराम विक र मिठे विकको घर पूर्ण रुपमा पुरिएको र कुमार विककाे घर भत्किएको

    No description available.

    इलाका प्रहरी कार्यालय ताराखोलाले जनाएको छ । विहानैदेखि पहिरो झर्ने संभावनादेखि घर छोडेको हुँदा मानवीय ग्क्षति भने भएको थिएन । घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, फर्निचर लगायतका सम्पुर्ण सामग्रीहरु पुरिएको पीडित लिल बहादुर सुनारले जानकारी दिए । इलाका प्रहरी कार्यालय ताराखोलाका

    अनुसार पहिरोले घरहरु पुर्दा करिब २५ लाख बराबरको क्षति भएको छ । त्यसैगरी वडा नम्बर ४ को युवा वर्ष प्राथमिक विद्यालयमा माथिबाट झरेको पहिरोले नवनिर्मित २ कोठे भवन जोखिममा रहेको छ ।वडा नम्बर २ अर्गल ओलका राजु नेपाली, छमरिका भिमबहादुर घर्ती र मनबहादुर घर्तीको घर पहिरोका कारण जोखिममा रहेको वडा नम्बर २ का वडा अध्यक्ष भद्र बहादुर घर्तीले  जानकारी दिए ।

    यो पनि पढ्नुहोस्
    पहिरोका कारण ताराखोलामा ७ परिवार विस्थापित
    निरन्तर वर्षाका पहिरो झर्दा ताराखोला गाउँपालिकामा ७ घर परिवार विस्थापित भएका छन् । ताराखोला गाउँपालिका वडा नम्बर ५ मा तीन घर र वडा नम्बर २ मा चार घर विस्थापित भएको प्रहरीले जनाएको छ ।ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय लिलाबहादुर विक, ४५ वर्षीय मिठे विक

    No description available.

    र ६५ वर्षीय टिकाराम विकको घर पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए  । गाउँपालिकाको वडा नम्बर २ को अर्गलमा ४ घरपरिवार विस्थापित भएको ताराखोला गाउँपालिका वडा नम्वर २ का वडाअध्यक्ष भद्र वहादुर घर्तीले जानकारी दिए ।

    स्थानीय भिम बहादुर घर्ती,तुल बहादुर पुन, राजकुमार नेपाली र भिमबहादुर घर्तीको उच्चा जोखिममा परेको हो । घर  जोखिममा परेपछि उनीहरुको परिवार विस्थापित भएको बताइएको छ । उनीहरु छिमेकीकोमा आश्रय लिएका छन् ।

  • सम्बन्धित विषय:

  • # ताराखोला गाउँपालिका

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार