ताराखोला गाउँपालिका ४ को कार्यालय भवन निर्माण

ताराखोला गाउँपालिका ४ को कार्यालय भवन निर्माण

  • माघ ३, २०७७ शनिवार
  • २०:३९:४४ बजे
  • 8.8K
    SHARES
  • ताराखोला गाउँपालिका ४ को कार्यालय भवन निर्माण

    पूर्णभद्र निउरे,  ताराखोला : ताराखोला गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन को निर्माण सम्पन्न भएको छ ।

    ७८ लाख  ९१ हजार १७ रुपैयाँको लागतमा १ वर्ष भित्रमा निर्माण सक्ने गरि घुम्टे कन्स्ट्रक्सन कम्पनीले २०७६ माघ ६ मा ठेक्का सम्झौता गरेको थियो । कम्पनीले सम्झौता मितिभन्दा अगावै सबै निर्माण कार्य सम्पन्न  भएकाे हाे ।

    भवन निर्माण सम्पन्न भएपछि यहि माघ ५ गते  गाउँपालिकालाई बुझाउने तयारी रहेको कम्पनीका नरेश के सीले जानकारी दिए । 

    वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समिति बाग्लुङले २० लाख रुपैयाँ  र ताराखोला गाउँपालिका ले  बाँकी बजेटको बिनियोजन गरेको थियो ।  

    वडा कार्यालयको आफ्नै भवन नहुँदा अहिले जनजागरण महिला समूहको भवनमा कार्यालय संचालनमा रहेको छ । भवन निर्माणको

    कार्य पूरा भएकोले छिट्टै तारा दोगाडीको नवनिर्मित भवनबाट सेवा प्रवाह गरिने  वडा नम्बर ४ का वडा अध्यक्ष जित बहादुर खत्रीले बताए ।

    सम्बन्धित समाचार