गाजा डेभलपमेन्ट फाउण्डेसनद्वारा करिब पाँच लाखको स्वास्थ्य सामग्री प्रदान

गाजा डेभलपमेन्ट फाउण्डेसनद्वारा करिब पाँच लाखको स्वास्थ्य सामग्री प्रदान

  • जेठ १२, २०७८ बुधवार
  • १६:३५:४५ बजे
  • 6.9K
    SHARES
  • गाजा डेभलपमेन्ट फाउण्डेसनद्वारा करिब पाँच लाखको स्वास्थ्य सामग्री प्रदान

    नवराज परियार, बागलुङ : नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङले जिल्लाका १० स्थानीय तहलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । जिल्लामा फाउडेसन मार्फत जिल्लामा सञ्चालित सुआहारा परियोजना मार्फत १० वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा पु¥याउने गरी एकमुष्ट रुपमा चार लाख ९० हजार ८ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय बागलुङमा हस्तान्तरण गरिएको छ ।

    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले विपद् र महामारीको समयमा जिल्लामा क्रियाशील सबै संघ संस्थाले सहयोगको हात बढाएको भन्दै खुसी व्यक्त गरे । यसबाट कोरोना नियन्त्रणका लागि सहजता हुने उनको भनाई छ । ‘अहिले बागलुङमा कोरोना प्रकोपको रुपमा फैलिएको छ, बजार क्षेत्रमा मात्र होईन गाउँ गाउँमा पुगेको छ,’ उनले भने,‘यो अप्ठ्यारो बेलामा सबै क्षेत्रबाट सहयोग भएको छ ।  कोरोना रोक्नका लागि केही सहज हुने मैल विश्वास लिएको छु ।’ उनले सहयोगी संस्थाहरुप्रति धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरे ।

    ‘हाम्रो सहार्य आगामी दिनमा पनि यस्तै रहनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने । कार्यक्रममा जिल्लाका १० स्थानीय तहका लागि ७८ हजार दुई ६० थान सर्जिकल मास्क, एक सय मिलिलिटरकाका ९५० थान ह्याण्ड सेनिटाईजर, पाँच सय मिलिटिरका ८५ थान ह्याण्ड सेनिटाईजर, एन ९५ मास्क पाँच सय थान, ३० थान पिपिई सेट नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन बागलुङका अध्यक्ष यामप्रसाद कँडेल र कार्यकारी निर्देशक परमानन्द कँडेलले जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना र स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौलाई हस्तान्तरण गरेका थिए ।

    सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष यामप्रसाद कँडेलले सबै मिलेर संकटको सामाना गर्नुपर्ने बताए । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै कार्यकारी निर्देशक कँडेलले संकटको बेला समस्या समाधानका लागि हातेमालो गर्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताए । ‘कोभिडले सबैतिर संकट पारेको छ, यसले मानवीय जीवनलाई संकट पारेको बेला सबैको हातेमालोबाट जित्न सकिन्छ भन्ने लागेर सहयोग हस्तान्तरण गरेका छौं,’ उनले भने,‘मावन जीवन भन्दा मूल्यवान अर्को कुनै वस्तु छैन । अहिले बाँच्ने र बचाउने अभियानमा सबै लाग्नुपर्ने भएको छ ।’ कार्यक्रममा नेपाल पत्रका महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल,

    स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देव प्रकाश घिमिरे, बागलुङ नगर स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनाल लागयत कार्यक्रममा उपस्थीत थिए । कार्यक्रम जिल्ला स्वास्थ कार्यलय बागलुङका प्रमुख सुरज गुरौको अध्यक्षता र सुआहारा परियोजना जिल्ला पोषण तथा स्वास्थ्य अधिकृत रुवी जोशीको सञ्चालनमा सम्पन्न भएको थियोे । संस्थाले यश अघि पनि जिल्लामा विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको बताइएको छ । सुआहारा परियोजनाले बागलुङमा पोषण तथा मातृशिशु स्वास्थ्यको विषयमा कार्यक्रम सञ्चालन गरिरहेको छ । 

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य सामग्री सहयोग

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार