सुवास आचार्य, बागलुङ : नेपाल रेडक्रस सोसाईटी बागलुडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्लाको दुई पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । छिमेकी मुलक चिनको रेडक्रसको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको हो । जिल्ला प्रशासन कार्यलयमा आयोजित कार्यक्रममा जैमिनि नगरपालिका र निसीखोला गाउँपालिकालाई
एक/एक थाल अक्सिजन कन्सन्ट्रेसन मेसिन, १५/१५ थान पिपिई र तिन÷हजार थान मास्क वितरण वितरण गरिएको छ । सो स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका मन्त्री बलराम आचार्य, रेडक्रसका जिल्ला सभापति जब्बरबहादुर लामिछानेले जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेल र निसीखोला गाँउपालिकाका अध्यक्ष तारानाथ पौडेललाई हस्तान्त्रण गरेका हुन् । त्यस्तै जिल्लाको सुरक्षा निकायको लागि १५ थान पिपिइ र ४ हजार थान
मास्क प्रमुख जिल्ला अधिकारीलाइ हस्तान्त्रण गरिएको थियो । रेडक्रसले आफ््ना जिल्लाका ४३ वटा उपशाखालाई ५ सयका दरले मास्क वितरण गर्ने जनाएको छ । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारीको शिवकुमार कार्कीले महामारी नियन्त्रणमा संघ सस्थाको साझा शंकल्प आवश्यक हुने बताए । जिल्लामा १०७० संक्रमिति रहेकोले संक्रमितको संख्या २ सयमा झरेपछि लकडाउन खुकुलो गर्दै जाने बताए ।
नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका मन्त्री बलराम आचार्यले रेडक्रशले थप सहयोग गर्ने तयारी भैरहेको बताए । कार्यक्रम रेडक्रस जिल्ला शाखा बागलुङका उपसभापति राजेन्द्र आचार्यको संचालन र सभापति जब्बर बहादुर लामिछानेको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।