बुर्तिबाङ : तमानखोला गाउँपालिकाका एक युवाले गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । तमानखोला ५ घर भई हाल अस्ट्रेलियामा रहेका तुलेन्द्र सुन्चौरीले १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । सुन्चौरीले गरेको सहयोगबाट तमानखोला गाउँपालिका ५ को स्वास्थ्य चौकीमा
आपतकालीन स्वास्थ्य सामग्री खरिद गरिएको जनाइएको छ । वडा अध्यक्ष हिराबहादुर सिर्पालीका अनुसार साना अक्सिजन सिलिन्डर ३ थान, पल्स अक्सीमिटर ५ थान, सेनिटाईजर २० लिटर, सर्जिकल माक्स ४५ सय पिस, आस्थालिन सोलुशन १० पिस, इम्प्रेभमेन्ट १० थान खरिद गरी स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको हो ।
यो पनि
गाउँपालिकालाई १ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग
तमानखोला गाउँपालिकामा कोभिड १९ बाट संक्रमित भएका ५५ जना निको भएका छन् । गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म १ सय २८ जना संक्रमित भएकोमा ५५ जना निको भएका हुन् । वडा नम्बर ३ मा ३७ जना र वडा नम्बर ४ मा १८ जना गरी ५५ जनाले कोरोना जितेको गाउँपाकिला अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।
गाउँपालिकामा हालसम्म वडा नम्बर ५ कि एक महिलाको उपचारको क्रममा ज्यान गएको र ७२ जना सक्रिय संक्रमित रहेको बताइएको छ । ति मध्ये ६६ जना होम आइसोलेशनमा रहेको र ६ जना स्वास्थ्यमा जटिल समस्या आएपछि स्वास्थ्य संस्थामा उपचाररत रहेको गाउँपालिकाले जनाएको छ ।