बागलुङ : समाज सेवी तथा युवा नेता टेकराज पौडेलको पहलमा तमानखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेता पौडेलको पहलमा एक एक पाइला फाउण्डेशनले पठाएको उक्त सामग्री शुक्रबार पालिकालाई हस्तान्तरण गरिएको हो ।
तमानखोला गाउँपालिकामा कोरोना संक्रमित बढी भएको र सुरुमा यहाँका संक्रमितलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरिएको पौडेलको भनाई छ । पौडेलले पश्मिच बागलुङ अन्य पालिकामा पनि सहयोग गर्ने गरि पहल भएको बताए । ८० प्याकेट भिटामिन लगायतका औषधी ८० प्याकेट आइशोलेसन टिक लगायतका स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर,
उपाध्यक्ष मानसरी शेरचन, कांग्रेस नेता जित शेरचन, अर्जुन शेरचन लागयतको उपस्थितीमा हस्तातरण गरिएको हो । उक्त सामग्री संक्रमितहरुका लागि अति आवश्यक रहेको हुँदा आफूले फाउण्डेशनलाई आग्रह गरेको र थप सामग्री पनि माग गरेको पौडेलले बताए । गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले सहयोगी संस्था र पौडेललाई धन्यवाद दिएका थिए ।