स्वास्थ्य सामग्री सहयोग गर्दै कलाकार शितल शर्मा 

स्वास्थ्य सामग्री सहयोग गर्दै कलाकार शितल शर्मा 

  • जेठ १३, २०७८ बिहिवार
  • ०९:१९:५० बजे
  • 5.1K
    SHARES
  • स्वास्थ्य सामग्री सहयोग गर्दै कलाकार शितल शर्मा 

    बुर्तिबाङ : कलाकार शितल शर्माले पश्चिम बागलुङका विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्रीहरु सहयोग गरेकी छिन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग प¥याउने उद्देश्यले अक्सिजन सिलिण्डर, माक्स, सेनिटाइजर, पल्स अक्सिमिटर, लगाएतका स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।

    काठमाडौँलाई कर्मथलो बनाएकी शर्माले गाउँठाउँका नागरिकलाई कोभिड उपचारमा सहयोग होस भन्ने उद्देश्यले विभिन्न स्वास्थ्य संस्थामा उक्त सामग्री पु¥याउने गरि स्थानीय सामाजिक अभियाता मार्फत बुर्तिबाङ सामान आएको बताइएको छ । उनले आर्थिक संकलन गरेर सामान गरिद गरि पठाइकी हुन् । निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको बोबाङ

    स्वास्थ्य चौकीमा पु¥याउने गरी ६ हजार पिस माक्स, ६० लिटर स्यानिटाइजर, २ थान अक्सिजन सिलिन्डर, पल्स अक्सिमिटर ५ थान, थर्मोमिटर ३० थान, फेस सिल्ड २० थान गरी करिब ७० हजार रुपैयाँको स्वास्थ्य सामग्री पठाइएको शर्माले बताइन् । 

    आफू संचालन गरेको अभियानमा सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यबाद दिइन् । शर्माले गत वर्ष ढोरपाटनका बाढि पहिरो पीडितलाई पनि स्वदेश तथा विदेशबाट आर्थिक संकलन गरि पाँच लाख रुपैयाँ बराबरको सामान सहयोग गरेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य सामग्री सहयोग

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार